स्थानीय तहमा मतगणना सुरु

स्थानीय तहमा मतगणना सुरु


प्रदेश नम्बर दुईका ८ जिल्लाका १ सय ३६ वटा स्थानीय तहका लागि सोमबार भएको मतदानपछि सोमबार रातीबाटै ७० वटा स्थानीय तहको मतगणना कार्य सुरु भएको छ । बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी() बाट प्राप्त विवरणमा उल्लेख छ । सम्बन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।
राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने छ ।