तपाईंको यो साता (४–१० असोज, २०७४)

तपाईंको यो साता (४–१० असोज, २०७४)


मेष
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मनमा चञ्चलता बढ्नेछ । सौन्दर्यमा धन खर्च हुनेछ । आर्थिक कारोबारमा विवाद आउनेछ । रविबारबाट महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धैर्य एवम् लगनशीलताले अवसर दिलाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ कलेजी हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृष
घर–व्यवहारको समस्याले सताउला । ठेक्कापट्टामा विवाद बढ्नेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साताको अन्त्यबाट नयाँ कार्यको थालनी होला । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । भौतिक साधन जुटाउने समय छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ गाढा पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

मिथुन
श्रमको उचित मूल्याङ्कन हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । महिला वा मित्रबाट सहयोग मिल्नेछ । रविबारबाट मन खिन्न हुने स्थिति आउनेछ । मनमा शङ्का उत्पन्न हुनेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । आर्थिक कारोबारमा विवाद आउनेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ घिउरङ वा गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कर्कट
बन्धुबान्धवबाट सहयोग मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ अलङ्कारको प्राप्ति हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । सोचेको र आँटेको काममा फाइदा मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व मृत्युञ्जय भगवान्को ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह
अचानक स्वास्थ्यमा समस्या आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनीतिक विवाद बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । शनिबारबाट शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मंगलकार्यको योग छ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ ध्वाँसे वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि वरुण भगवान्को ध्यान गरी गर्नाले सफलता हात पर्नेछ ।

कन्या
प्रतिकूल समयले घेरेको छ, संयम रहनुहोला । घर–व्यवहारको समस्याले सताउनेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । रविबारबाट शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ रातो वा पहेँलो रङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीको दर्शन गरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।

तुला
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट भोजन खान पाइनेछ । वाक्चतु¥याइँले सङ्कल्प सिद्घ हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महादेवको आराधना गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृश्चिक
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मुद्दामामिलामा विजय प्राप्त हुनेछ । साताको अन्त्यबाट सरकारी निकायको भय रहला । स्वास्थ्यमा समस्या आउनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि सिद्धिविनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ नीलो वा पहेँलो हो ।

धनु
ठीक समयमा सही निर्णय लिन सकिनेछ । पढाइ–लेखाइमा प्रगति हुनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । रमाइलो यात्राको योग रहेको छ । शनिबारबाट कुविचारमा मन जानेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । मन खिन्न हुने स्थिति आउनेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आफ्नो इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । अनावश्यक यात्राको साथै आर्थिक कारोबारमा मन्दी आउनेछ । साताको अन्त्यबाट आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आँटेकोे र ताकेको कार्य पूरा होला । यो साताका लागि शुभअङ्क ६, ८ र शुभरङ वैजनी वा पहेँलो हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवतीको दर्शनगरी आरम्भ गर्दा सफलता मिल्नेछ ।

कुम्भ
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सजिलै अरूको विश्वास जित्न सकिनेछ । मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ । महिला वा मित्रबाट सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

मीन
मन खिन्न हुने स्थिति आउनेछ । चोटपटकको भय छ, सचेत रहनुहोला । पारिवारिक समस्या आइपर्ला । राजनीतिक कार्यमा बाधा आउनेछ । साताको अन्त्यबाट ठूला व्यक्तिले तपाईंको मिहिनेतको प्रशंसा गर्नेछन् । राज्यबाट मानसम्मान मिल्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । यो साताका लागि शुभअङ्क ४, ५ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको पूजा–अर्चना गरी गरेको लगानीबाट सफलता मिल्नेछ ।