माओवादीको नाममा कर्मचारीले उठाए डेढ करोड

माओवादीको नाममा कर्मचारीले उठाए डेढ करोड


भन्सार अधिकृतको भेषमा रहेका एक व्यक्तिले माओवादी पार्टीको लागि व्यापारीहरूसँग ठूलो रकम उठाउने गरेको समाचार घटना र विचारलाई प्राप्त भएको छ । समाचारअनुसार रसुवा भन्सारका अधिकृत भीम आङ्दम्बेले व्यापारीहरूसँग रकम उठाउने गरेका हुन् । व्यापारीहरूले चीनबाट रसुवाको बाटो भई नेपाल ल्याउने सामानमा प्रतिट्रक रु. दश हजारका दरले नगद उठाउने गरेको बुझिएको छ । गत साउनदेखि हालसम्म करिब पन्ध्र सयवटा ट्रकबाट नेपालमा सामान आयात भएको छ । यसअनुसार आङ्दम्बेले माओवादीको नाममा मात्र एक करोड पचास लाख रुपैयाँ उठाइसकेको देखिन्छ । दशैँअगाडि थप ६ सय ट्रकहरू नेपाल भित्रिँदै छन् । आङ्दम्बेले माओवादीको नाममा उठाएको रकम उनले सकुसल माओवादीलाई बुझाएका छन् या छैनन् सो भने बुझ्न सकिएको छैन ।