झुण्डिएको अवस्थामा भेटिए सशस्त्रका सई

झुण्डिएको अवस्थामा भेटिए सशस्त्रका सई


सुरक्षा बेस क्याम्प आठराई सक्रान्तीबजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको सिरान तलामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतलाई उद्धृत गर्दै राससले जनाएको छ ।

एकचालिस वर्षीय गुरुङ असोज ५ गते बिदामा घर गएका थिए । एक महिनाअघि मात्र सक्रान्तिबजार सरुवा भई गएका गुरुङ दशैँका लागि लिपपोत गर्न भनी घरमा बिदामा बसेको सुरक्षा बेस क्याम्प आठराई सक्रान्तिबजारका सशस्त्र प्रहरी निरीक्षक सानुकान्छा तुवानावासुले जानकारी दिएका छन् । शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिने प्रहरीले जनाएको छ ।