सीमान्तकृत नागरिकहरुलाई भण्डारीले घर उपहार दिने

सीमान्तकृत नागरिकहरुलाई भण्डारीले घर उपहार दिने


नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गुल्मी जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सीमान्तकृत बोटे, माझी र दलित बस्तीमा एक–एक घर उपहार दिने घोषणा गरेका छन् । गुल्मी सदरमुकाम तम्घासमा जिल्लाका सरकारी कार्यालयका प्रमुखसँगको बैठकमा नेता भण्डारीले यस्तो घोषणा गरेका हुन् ।

गुल्मी क्षेत्र नं २ का सांसद समेत रहेका कांग्रेस नेता भण्डारीले सीमान्तकृत बम्घा, चोरकाटे, हुँगा, रुपाकोट, बलिथुम, वामीटक्सार, मुसिकोटलगायतका स्थानमा रहेका सीमान्तकृत विपन्न समुदायअन्तर्गत कुमाल, दलित र बोटे माझीको यो दशैँको उपहारस्वरुप घर निर्माणको कार्य थालनी गरिएको बताए ।

उनले बम्घा र बलिथुममा रहेका सीमान्तकृत बस्तीमा १५० घर निर्माणको कार्य तीव्र गतिमा भइरहेको र अब थप तीन सय घर निर्माणको कार्य अगाडि बढेको जानकारी पनि दिए ।

नेता भण्डारीले यसपालाको बडादशैँ बलिथुममा रहेका सीमान्तकृत बोटे माझी समुदायसँग बसेर मनाउने बताएका छन् ।