सामाािजक सुरक्षा भत्ता लिन जेष्ठ नागरिकलाई सास्ती

सामाािजक सुरक्षा भत्ता लिन जेष्ठ नागरिकलाई सास्ती


झापा । बडादशैंको मुख्य दिन टिका आउन ६ दिन बाँकी हुँदा सामाािजक सुरक्षा भत्ता वितरण गर्न थालेपछि वडा कार्यालयहरूमा भत्ता लिनेको भीड लागेको छ । ६ दिनमध्ये पनि ३ दिन दशैं बिदा हुने भएपछि अगाडिका तीन दिनमा भत्ता लिनेको भीड लागेको हो ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकाले वडामा पठाएको सूचीमा नाम सूचीकृत गरिएको नपाएपछि आफूहरूले थप सास्ती ब्यहोर्नु परेको जेष्ठ नागरिकहरूले गुनासो गरेका छन् ।

स्थानीय निर्वाचनमा सामाजिक सुरक्षाभत्ता घर–घरमै पुर्‍याउने प्रतिबद्धता गरेका जनप्रतिनिधिहरूले वडा कार्यालयबाट वितरण गर्न थालेको विर्तामोड वडा नम्बर–६ का वडाध्यक्ष सूर्य कन्दङ्वाले बताउनुभयो ।

नगरपालिकाले पठाएको सूचीमा कसै–कसैको नाम नभएकाहरूको सकेसम्म आफूले फोनबाटै ‘भेरिफिकेसन’ गरि समस्या समाधान गर्न खोज्दा पनि नाम नभेटिएमा भत्तावाहक आफैंले नगरपालिकामै गएर मिलाएर ल्याउन आग्रह गरिएको अध्यक्ष कन्द्ङवाले जानकारी दिनुभयो ।

वृद्धवृृद्धाले भने नगरपालिकाले गरेको गल्तीका कारण आफूहरूले दुःख पाउनु परेको टिप्पणी गरेका छन् ।

देश संघीय संरचनामा गएपछि साविकका गाउँविकास समितिका वडाहरूलाई समायोजन गरेपछि कतिपय बृद्धबृद्धालाई त आफूले भत्ता लिन कहाँ जाने भन्ने पनि अलमलमा समेत परेका छन् ।

विर्तामोड नगरपालिकाका १० वटै वडामा आइतवारदेखि सामाजिक सुरक्षाभत्ता वितरण गरिँदैछ ।