बडादशैँमा नेपाली सेनाले निःशुल्क बस सेवा दिने

बडादशैँमा नेपाली सेनाले निःशुल्क बस सेवा दिने


यही असोज १४ गते विजया दशमीका दिन काठमांडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने कुरालाई मनन गर्दै नेपाली सेनाले निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । सैनिक तथा गैरसैनिक सबैको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले उक्त दिन विभिन्न आठ रुटमा बिहान ०६ः३० बजे, ११ः०० बजे र दिनको १६ः०० बजे भद्रकालीबाट ३० सिट क्षमताको बस निःशुल्क सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ ।

सेनाले बस सेवा प्रदान गर्ने रुट यसअनुसार छ–

(क) रुट नं.१ – भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।
(ख) रुट नं.२ – भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर ।
(ग) रुट नं.३ – भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली ।
(घ) रुट नं.४ – भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।
(ङ) रुट नं.५ – भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।
(च) रुट नं.६ – भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।
(छ) रुट नं.७ – भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।
(ज) रुट नं.८ – भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

यस्तै, बडादशैं २०७४ को उपलक्ष्यमा घर बिदामा जाने नेपाली सेनाका सकलदर्जा तथा वहाँहरूको आश्रित परिवारहरुको हितको लागि नेपाली सेनाले असोज ०५ गतेदेख १२ सम्म काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, सिन्धुली, चौतारा, हेटौडा, नारायणगढ, सिराहा–राजविराज, कोहलपुर–सुर्खेत र त्रिशूलीसम्म जाने र आउने गरी निःशुल्क बस सेवा सञ्चालन गरिएको जनाएको छ । उक्त बसहरू सम्बन्धित स्थानबाट प्रत्येक दिनको ०७ः०० बजे छुट्ने र प्रतिसैनिक व्यक्ति (परिवारसहित) बढीमा पाँचजनाले सुविधा लिन पाउने व्यवस्था सेनाले मिलाएको छ ।