काठमाडौँमा सवारी आवागमन कम

काठमाडौँमा सवारी आवागमन कम


बडादशैँका अवसरमा बाहिर जानेको संख्या बढेपछि काठमाडौँ उपत्यकामा सवारीसाधनको आवागमन पातलो देखिएको छ ।

सडकमा फाट्टफुट्ट सवारीसाधन देखिन्छ भने पैदलयात्रुको चहलपहल पनि खासै छैन । सार्वजनिक सवारी कम चल्दा यात्रुलाई गन्तव्यमा पुग्न कठिनाइ देखिन्थ्यो ।

प्रहरीका अनुसार फूलपातीको दिनसम्मै स्थलमार्गबाट काठमाडौँ बाहिर जानेको संख्या १९ लाख पुगेको थियो भने त्यो क्रम टीकाको दिनसम्म रहनेछ ।