जनयुद्धकालदेखि दशैंको टीका बहिष्कार गर्दैै आएका प्रचण्डले शान्ति प्रक्रियामा आएपछि पनि दशैंको टीका लगाएका थिएनन् तर यसपाली परिवारका सदस्यलाई टीका लगाइदिने मात्र होइन, आफूले पनि दशैंको टीका जमरा ग्रहण गरेका छन् ।
झण्डै दुई दशकपछि उनले दशैंको टीका लगाएका हुन् । प्रचण्डले लाजिम्पाटस्थित प्रचण्ड निवासमा पारिवारिक जमघटका साथ प्रचण्डले यो वर्षको दशैं भब्य रुपमा मनाएका हुन् ।
प्रचण्डले आफू भन्दा मान्यजनको हातबाट टीका लगाएको तस्विर प्रचण्डपुत्र प्रकाश दाहाल सामाजिक सञ्जाल फेसबुकबाट नै सार्वजनिक गरेपछि यतिबेला सामाजिक संजालमा ब्यापक चर्चा भएको छ ।
प्रचण्डले मामा ससुरा र सासुको हातबाट टीका लगाएका थिए । उनले आफूले टीका ग्रहण गरेपछि परिवारका सदस्यलाई टीका लगाए । प्रचण्डपत्नी सीताले परिवारका सबै सदस्यलाई पालैपालो टीका लगाइदिए पनि प्रचण्डले खासखास सीतासहित परिवारका खासखास ब्यक्तिलाई मात्रै टीका लगाइदिए ।
प्रचण्डले टीका लगाएर निकै हँसिलो मुद्रामा पत्नी सीता र परिवारका साथमा फोटो खिचाएका छन् । भाञ्जा भाञ्जीसहित पुरै परिवारका साथमा दशैं मनाइएको प्रकाशले बताएका छन् ।
प्रकाशले दशैंलाई धार्मिक भन्दा पनि पारिवारिक जमघटको रुपमा अथ्र्याउँदै परिवारले दशैं टीका लगाएको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेको देखिन्छ ।
प्रकाशले सामाजिक संजालमा राखेका उक्त फोटाहरुलाई कमेन्ट गर्दै कतिपयले प्रचण्ड हिन्दु समाजबाटै हुर्केको भएकाले टिका लगाउनु सकारात्मक मानेका छन् भने कतिपयले प्रचण्डको बल्ल चेत खुलेको भन्दै आगामी दिनमा टिका बहिष्कार नगर्न सुझाव समेत दिएका छन् ।
प्रतिक्रिया