अर्घाखाँचीमा बाघ आंतक, बालिकाको फेरि गयो ज्यान

अर्घाखाँचीमा बाघ आंतक, बालिकाको फेरि गयो ज्यान


अर्घाखाँचीमा बाघ आंतक बढेर गएको छ । केहि समयदेखि जिल्लामा बाघ आंतक बढिरहेको बेला सोमवार साँझ सन्धिखर्कको कुर बेंहोरेमा बाघले एक बालिकाको ज्यान लिएको हो ।

सन्धिखर्क नगरपालिका २ कुर बेंहोरेका अशोक नेपालीका ७ बर्षिय छोरी प्रतिक्षा नेपालीलाइ सोमवार साँझ सवा ७ बजे चितुवाले आक्रमण गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

राति अबेर सम्म खोजी गरिएको थियो तर फेला नपरेपछी आज बिहानै ५ बजेबाट पुन खोजीकार्यलाइ निरन्तरता दिइएको थियो ।

बिहान करिब ८ बजे सन्धिखर्क बेंहोरकोे बिच जङगलमा ति बालिकाको शव फेला परेको हो । बिगत ३ बर्षमा चितुवाको आक्रमणबाट १ दर्जन बालबालिकाको ज्यान गई सकेको छ ।

स्थानीय प्रशासनले बालबालिकामाथी आक्रमण गर्ने चितुवाको पहिचान गरी मार्न प्रहरी, सेनालाई निर्देशन दिएपनि चितुवा कतै नभेटिएको उनिहरुको जवाफ छ ।