पहिरोका कारण सोताङका १३ घर उच्च जोखिममा

पहिरोका कारण सोताङका १३ घर उच्च जोखिममा


सोलुखुम्बुको सोताङ गाउँपालिका–२ तेमेदु गाउँका १३ घर पहिरोको उच्च जोखिममा परेका छन् ।

वर्षासँगै चाम्खु खोल्साको कटान बढ्दै गएपछि जमिन चिराचिरा हँुदै बग्न थालेको पीडित नैनबहादुर राईले बताउनुभयो ।

२०७२ सालको भूकम्प पश्चात निरन्तर बग्न थालेको उक्त पहिरो घर नजिकै पुगेको राईको भनाइ छ । केही दिनदेखि निरन्तर वर्षाका कारण पहिरो बढ्दै गएपछि स्थानीयवासी रातभरि जाग्रम बस्न ेगरेको बताउँछन् ।

दिउँसो घाम लाग्ने र रातमा पानी पर्दा जमिन चिराचिरा भई बग्दै जाने गरेका कारण गाउँले त्रसित बनेका हुन् । स्थानीय इन्द्रकला राई, छलिलाल राई, धन रुपी राई र नैनबहादुर राईको घर नजिकै पहिरो पुगेको छ ।

पहिरो रोकथामको लागि सम्बन्धित निकाय समक्ष गुहार मागे पनि सुनुवाइ नभएको पीडितको भनाइ छ ।