हराउन थाले नगरपालिकाको निर्णय पुस्तिका

हराउन थाले नगरपालिकाको निर्णय पुस्तिका


महोत्तरीको गौशाला नगरपालिकाको कार्यालयबाट नगरपालिका स्थापना भएपछि गरिएको निर्णय पुस्तिका हराएको छ । सो कार्यालयबाट पछिल्लो एक महिनादेखि हराएको कार्यालयका पदाधिकारीले बताएका छन् । तत्कालीन वडा सचिव सुदीप दाहालको नियन्त्रणमा रहेको सो निर्णय पुस्तिका नयाँ कार्यकारी अधिकृत रामजी जोशी आएलगत्तै हराएको बताइएको छ ।

नगरपालिकाका पूर्व कार्यकारी अधिकृत शम्भु ठाकुरले अतियमित तवरले ९० लाख रुपैयाँभन्दा बढी कारोबार गरेको खबर सार्वजनिक भएपछि अनुसन्धान गर्ने क्रममा कार्यालयको निर्णय पुस्तिका सहित चेकबुक, भौचरलगायतका अति आवश्यक कागजात कार्यालयमा फेला नपरेको कार्यकारी अधिकृत जोशीले बताए ।

आफूले हरेक कर्मचारीसँग यस सम्बन्धमा स्पष्टीकरण लिइरहेकोे र सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गरिने नगरप्रमुख शिवनाथ महतोले बताए । प्राप्त जानकारी अनुसार सो निर्णय पुस्तिकामा पूर्व कार्यकारी अधिकृतहरु राधेश्याम गिरी, रामकुमार महतो र शम्भु ठाकुरको पालामा भएका महत्वपूर्ण निर्णय छन् ।