रुद्रमति नदीमा पुष्प व्यबसायीद्वारा सरसफाइ

रुद्रमति नदीमा पुष्प व्यबसायीद्वारा सरसफाइ


फलोरिकल्चर एसोसिएसन नेपाल प्mयानको अगुवाईमा काठमाडां}को रुद्रमती नदी (धोबीखोला) को सरसफाई सहित आफैले लगाएका बोट बिरुवाको गोडमेल गरेको छ ।  आफ्नो रजत महोत्सब मनाउने क्रममा फ्लोरिकल्चर एशोसिएशन नेपालले स्थानिय रुद्रमति सरोकार समाज र वाताबरण संरक्षण अभियानको सहकार्यमा रुद्रमति नदीको रातोपुल कालोपुल र सेतोपुलमा रहेको फोहर सरसफाई गरेको हो ।

गोडमेलका लागि धोबीखोला किनारमा लगाइएका बोट बिरुवा धमाधम काट्न थालेपछि स्थानियहरु छक्क परेका थिए । बिरुवाका गोडमेल गर्न हाँगा काटिएकोे थाहा भएपछि स्थानियहरुनै अभियानमा लागेका थिए ।  दुईवर्ष अघि प्mयानले रातोपुल देखि कालोपुल सम्म खोलाको किनारमा एक हजार फूलका बोट लगाएको थियो । सरसफाई गर्ने क्रममा ती फूल विरुवाको काँटछाँट गर्नुको साथै गोलमेड गरेको सरसफाइ अभियानका संयोजक बिश्वमणी पोखरेलले बताए ।

संस्थाको रजतजयन्ती महोत्सवको अबसर पार्दै सामाजिक उतरदायित्व बोध गरी वातावरण संरक्षण गर्न विभिन्न संघसस्था संग सहकार्य गर्दै आएको बताउँदै फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा अध्यक्ष्य दलबहादुर कार्कीले रुद्रमति खोलाको ऐतिहासिक महत्व लगायत यसमा पाईने विभिन्न जडिबुटिको स्मरण गराउँदै रुद्रमति खोलालाई पुरानै अवस्थामा फर्काउन आफु लागि पर्ने बताए ।  रुद्रमति सरसफाईमा स्थानिय टोलबासी राजनैतिक दलका कार्यकर्ता नेपाल सरकारका पूर्व मुख्य सचिव तथा चीनका लागि नेपाली राजदुत लिलामणि पौडेल, पूर्व डिआईजी विज्ञानराज शर्मा लगायतको उपस्थीती रहेको थियो ।