कृषीमा अपेक्षाकृत बिकास हुन सकेन : घरेलु महासंघ

कृषीमा अपेक्षाकृत बिकास हुन सकेन : घरेलु महासंघ


नेपाल घरेलु तथा साना उद्योग महासंघका बस्तुगत उपाध्यक्ष मोहन कटुवालले नेपालमा कृषीको प्रसस्त सम्भावना हुंदाहुदै पनि अन्य मुलुकहरुले जस्तो प्रगती गर्न नसकेको बिगतका बर्षमा नेपालबाट कृषी उत्पादनहरु भारत लगायत बिभिन्न मुलुकमा निर्यात गर्ने गरेकोमा हालका दिनमा अन्य मुलुकबाट कृषीजन्य उत्पादनहरु आयात गरि परनिर्भता बढेको बताएका थिए । लाओसको राजधानी भियन्तानमा सन्चालित कृषि व्यवसायिक उद्यमहरूको स्थिरता आकलन प्रशिक्षण पाठ्यक्रमको सम्बन्धी एक साता तालिममा उनले सो कुरा बताएका हुन । उक्त तालिम अवधिभर नेपालबाट कटुवाललेमात्र प्रतिनिधित्व गरेका थिए ।

तालिममा उनले ७० प्रतिशत भन्दा बढी कृषीमा आधारित हुंदा हुदै पनि कृषीमा अपेक्षाकृत बिकास हुन नसकेको बताउदै अब कृषीलाई आधुनिकीकरण गदै आयआर्जनका निम्ति व्यवसायी करण गर्ने र परम्परागत शैलिमा गरिने कृषीलाई नयाँं नयाँं प्रबिधीको प्रयोग गरि सबैले अपनत्व ग्रहण गर्ने खालको पेशाको रुपमा बिकास गर्नुको बिकल्प नभएको बताउ । नेपाल सरकारले बर्तमान अवस्थामा कृषी क्षेत्रको बिकासका लागी थप सुधारका कार्यक्रमहरु तर्जुमा गरि प्रभावकारी कार्यानवयनको लागी अग्रसरतता देखाएको बताए ।

नेपाल भुपरिबेष्ठीत मुलुक भएकोले धेरै समस्याहरुको सामना गर्नु परेको, कृषीमा नयाँ प्रबिधीको ज्ञानको कमी, प्रबिधीलाई सहज किसीमले ग्रहण गर्न नसक्नु, बित्तिय पहुच नहुनु, उच्चकोटीको बिउ बिजन मलखाद कृषीमा आवश्यक नबिनतम प्रबिधी र उपकरणहरु सहज र सुलभ किसीमले उपलब्ध नहुनु लगायतका बिबिध समस्याहरु बाट प्रभाबित नेपालका किसानहरुले निर्वाह मुखि भएर कृषीमा निरतर लागीरहेको बताए उनले बताए ।

१३ वटा देशहरुका २० जना प्रनिनिधीहरु सहभागी उक्त तालिममा एपीओ कृषि विभाग कार्यक्रम अधिकारी डा. साहकिस टेनभर होसियन  सैद्धान्तिक कक्षा, सहभागी राष्ट्रहरुका प्रनिधीहरुबाट कार्यपत्र प्रस्तुकिरण, सफल कृषी फार्मको अवलेकन भ्रमण र लिखित परिक्षामा समेत सहभागीता जनाउने प्रतिनिधीहरुले कृषीलाई दिगो र प्रतिफल मुखि कृषी व्यवसायको प्रबर्धनका रणनिती योजना बनाउन मद्धत पुग्ने बताए । लाओसले आयोजना गरेको कार्यक्रम असोज ९ गते देखि असोज १४ गते सम्म लाओसको राजधानी भियन्तानमा सञ्चालन भएको थियो ।

नेपाल, भारत, पाकिस्तान, श्रीलंका, ईरान, इण्डोनेशिया, फिलिपिन्स, लाओस, कम्बाडिया, फिजी, सिंगापुर, चिन, थाईलेण्ड लगायतका देशका प्रतिनिधीहरुको सहभागिता रहेको टोलीलाई लाओसको राजधानी भभियन्तानको गाउमा ५० हेक्टरमा गरिएको अर्गानिक कृषि फार्मको अवलोकन भ्रमण गराईएको थियो ।
कृषि फार्ममा कृषी उत्पादन र फलफुल, पशुपालन, तरकारी, माछा पालन, लगायतको खेती गरिएको छ । ५ बर्स अघि निजि क्षेत्रबाट सुरु गरिएको उक्त कृषि फार्मले पुर्ण रुपमा अर्गानिक उत्पादनमा केन्द्रीत भएको छ ।