खेलाडी प्रशिक्षक संघको ज्ञापन पत्र

खेलाडी प्रशिक्षक संघको ज्ञापन पत्र


नेपाल खेलाडी तथा प्रशिक्षक संघले राष्ट्रिय खेलकुद परिषद प्रशासन विभाग प्रमुख बासुदेव आचार्यलाई खेलाडी, प्रशिक्षक र कर्मचारीको मागलाई सम्वोधन गर्दै विभगिय प्रमुखको कार्यकक्षमा एक ज्ञापन पत्र बुझाएको छ ।

संघका अध्यक्ष महेश नेवाको नेतृत्वमा उपाध्यक्ष, महासचिव, सदस्य र कर्मचारीहरको टोलीले खेलाडी, राष्ट्रिय खेलकुद परिषदमा कार्यरत प्रशिक्षक र कर्मचारीहरुका विविध माग सम्वोधन गरिएको ज्ञापन पत्र विभागिय प्रमुखलाई बुझाएको हो ।

ज्ञापन पत्र बुझाउंदै संघका अध्यक्ष नेवाले खेलाडी, प्रशिक्षक र कर्मचारीको न्यायोचित माग समावेश भएकोले यथासक्य चाँडो मागको सम्वोधन हुनु पर्ने बताए । ज्ञापनपत्र बुझ्दै विभागिय प्रमुख आचार्यले ज्ञापन पत्रमा सम्वोधन भएका कतिपय मागका सम्वन्धमा आफु लागिनै रहेको र कतिपय माग राखेप वोर्डबाट गर्नु पर्ने भएकाले वोर्डमा राख्ने र यथासक्य चाँडो कार्य गर्ने प्रतिवद्धता जनाए । यस अघि सोही ज्ञापन पत्र संघले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टलाई बुझाएको थियो ।