बिश्व च्याम्पियनसिपमा ब्याडमिन्टनको सहभागिता

बिश्व च्याम्पियनसिपमा ब्याडमिन्टनको सहभागिता


मित्रराष्ट्र इन्डोनिसियामा आयोजना हुने बिश्व जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । प्रतियोगिता बिश्व ब्याडमिन्टन महासंघको आयोजनमा असोज २५ देखि कार्तिक ५ गते सम्म संचालन हुनेछ ।

च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुमा प्रफुल महर्जन, पविन लिन्थेप, रुकेश महर्जन, रशिला महर्जन, जेशिका गुरुङ्ग र सुनैना मुखिया रहेका छन् । यस्तै टोली नेतामा संघका सदस्य जगत खड्का, टिम ब्यवस्थापकमा छवीलाल शाही र प्रशिक्षकमा रजनी मैया जोशी रहेका छन् ।

उक्त च्याम्पियनसिपमा सहभागि हुने ९ सदस्यीय टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले बिदाई गरेका छन । च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले पुरुष एकल र जोडी, महिला एकल र जोडी, महिला र पुरुष टिम र मिक्स जोडीमा प्रतिस्पर्धा गर्ने छन ।

प्रफुल, रशिला र जेशिका हाल म्यानमारमा जारी एशियन यु – १५ र यु–१७ ब्याडमिन्टन प्रतियोगितामा सहभागी भईरहेकाले उतैबाट ईन्डोनेसिया जाने नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी गराए ।