९८ हजार म्यादी प्रहरीका लागि आवेदन आह्वान

९८ हजार म्यादी प्रहरीका लागि आवेदन आह्वान


सरकारले आगामी प्रदेश र प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि मंगलबारदेखि म्यादी प्रहरीमा भर्ना खुलाएको छ । म्यादी प्रहरीमा उम्मेदवार बन्न चाहनेहरुले ७५ वटै जिल्ला प्रहरी कार्यालयमा फम भर्न सक्ने पनि सूचनामा जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ९८ हजार २ सय ६३ लाई म्यादी प्रहरीमा भर्ना खुलेको जनाएको हो । म्यादी प्रहरीमा भर्नाका लागि मंगलबारदेखि असोज ३० गतेसम्मलाई फम भर्ने म्याद तोकिएको छ ।

म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाधेका पूर्व सुरक्षाकर्मी तथा पूर्व म्यादी प्रहरी र अन्य योग्यता पुगेका नेपाली नागरिकहरुले आवेदन दिन सक्नेछन् । म्यादी प्रहरी भर्ना हुनेको जागिर अवधि ५५ दिनेको हुनेछ ।

प्रहरीले म्यादी प्रहरीको छनौट कार्य कार्तिक पाँच देखि ८ गतेसम्ममा गर्ने, १० गते अन्तिम नतिजा प्रकाशित गर्ने र १२ गतेदेखि २४ गतेसम्म प्रशिक्षण दिने जनाएको छ । उपत्यकाका हकमा प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुरमा दरखास्त बुझाउन सकिने छ भने नवलपरासी र रकुमको हकमा साविकको जिल्ला प्रहरी कार्यालयहरु रुकुम, नवलपरासीमा तोकिएको छ ।

हेनुहोस् सूचना :