अन्तर्राष्ट्रिय नेपाल उमा कुङफु संघका दस खेलाडीलाई चीनमा खाना, बस्नसहित एक महिनाको तालिमको व्यवस्था गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।
अमेरिकाको न्युयोर्कस्थित क्विन्स कलेजमा भएको युएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिप तथा सातौं कुङफु कल्चरल एक्सचेन्ज कन्फेरेन्स क्रममा महासंघका अध्यक्ष फु बियाओले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन । सो कुरा नेपाल उमा कुङफु संघका सचिव सिद्धार्थ लामाले जानकारी गराएका छन ।
खेलाडीलाई बेइजिङको साउलिन मार्सल आर्ट स्कुलमा तालिमको प्रबन्ध मिलाइने सचिव लामाले जानकारी गराए । खेलाडीलाई हरेक वर्ष तालिममको प्रबन्ध मिलाइने पनि उनले जानकारी गराएका छन ।
तीनदिने कन्फेरेन्सका दौरान भएको रेफ्री सेमिनारमा सचिव लामासहित नेपाल उमा कुङफु संघका सदस्य सन्जित राईले सहभागिता जनाएका थिए । लामा र राई दुवै अन्तर्राष्ट्रिय निर्णायक हुन् ।
च्याम्पियनसिप र कन्फेरेन्स वल्र्ड फाइटिङ मार्सल आर्ट्स, युएस र अन्तर्राष्ट्रिय कुङफु महासंघ, चीनले संयुक्त आयोजना गरेका हुन् ।
प्रतिक्रिया