तपाईंको यो साता

तपाईंको यो साता


मेष
प्रेममा मनमुटाव रहला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । साताको अन्त्य बाट सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । कार्यमा सफलता पाईनेछ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग कलेजी हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

बृष
राजननितक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्ने छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ । वाक्चतु¥र्याईँले सङ्कल्प सिद्घ हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग गाढा पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

मिथुन
मन खिन्न हुने स्थिति आउनेछ । गलत निर्णय लिनपुगिएला । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । रविबार बाट बित्तिय संस्था बाट सहयोग पाईनेछ । मान प्रतिष्ठामा बृद्धि होला । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि वरुण भगवानको ध्यान गरी गर्नाले सफलता हात पर्नेछ ।

कर्कट
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रमणीय र सुखद यात्राको योग छ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । व्यापार,व्यवसायमा लाभ हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्य बाट सफलता मिल्नेछ ।

सिंह
कूतनीतिक नियोगको सहयोग मिल्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नयाँ कार्यको योजना बन्नेछ । साताको अन्त्य बाट मनमा अविश्वाश उत्पन्न हुनेछ । सरकारी निकाएको भय रहला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग घिउरङ्क हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कन्या
राजननितक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । बाहन सुख मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । रमणीय र सुखद यात्राको योग छ । मनोरञ्जनमा सहभागीता भइएला । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग नीलो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सिद्धि विनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

तुला
मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्नेछ । सरकारी निकाएको भय रहला । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । साताको अन्त्यबाट बन्धु बान्धव बाट सहयोग मिल्नेछ । आत्मिक सन्तुस्टि मिल्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीको दर्शनगरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।

वृश्चिक
महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । फलदायी यात्रा रहला, नयाँ कामको थालनी हुनेछ । प्रेममा सफलता पाईनेछ । आत्मबल बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु
न्यायिक कार्यमा सफलता मिल्नेछ । आत्मिक सन्तुस्टि मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची वढ्नेछ । साताको अन्त्यबाट व्यवसायमा मन्दी आउला । अरुको भर पर्दा धोका पाइनेछ । हानि हुने र विश्वास गुम्ने सम्भावनाछ । यो साताका लागि शुभअङ्क ६,८ र शुभरङ्ग वैजनी वा पहेंलो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवतीको दर्शनगरी आरम्भ गर्दा सफलता मिल्नेछ ।

मकर
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । भूमि लाभ रहला । साताको अन्त्यबाट कामहरु अधुरै रहलान् । कार्य सम्पादनमा समस्या आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

कुम्भ
यो साता लेन देन तथा लगानी नगर्दा बेस होला । हतारको निर्णयले समस्या निम्त्याउन सक्नेछ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । रविबार बाट साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको पूजा अर्चना गरि गरेको कार्य बाट सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभ रङ्ग पहेंलो हो ।

मीन
समुदायको हक हित हुने काम गर्न सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । घर,जग्गाको करोबारमा लाभ मिल्नेछ । आइतवार बाट कार्य सम्पादनमा समस्या आउला । बैदेशिक कार्यमा समस्या देखा पर्ला । मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग सुन्तला हो ।