तिहार शुरु, आज काग तिहार

तिहार शुरु, आज काग तिहार


हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहार आजदेखि शुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पुजा गरी मनाइने गरिन्छ ।

आजको दिन नेपालीहरुले आ–आफ्नो घरआँगनमा कागलाई डाकेर विभिन्न परिकारको चारो दिएर पूजा गर्ने गर्छन् । आजको दिन कागको पूजा नगरी खाएमा अधर्मी बनिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । काग अत्यन्त चलाख पंक्षी र सर्वभक्षी प्राणी हो । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ ।