लण्डन । अमेरिकाले सन् २००८ सालमा मुर्म्बईमाथिको आतङ्कवादी हमलाबाट १६६ जना मानिसहरुको नरसंहार गर्ने योजनाकारलाई गिरफ्तार गरेवापत दश मिलियन -एक करोड) अमेरिकी डलरको पुरस्कार राशी राखेको छ । पाकिस्तानी नागरिक हाफिज मुहम्मद सइद यस हत्याकाण्ड गराउने प्रमुख व्यक्ति थिए भनेर उनलाई आरोप लागेको छ । तर, इस्लामाबादमा जीओ टिभीलाई उनले यस मामलमा अमेरिकी अधिकृतहरुसंग कुनै पनि बेलामा कुरा गर्न तैयार रहेको र आफू खुल्ला रुपमा जिन्दगी बिताइरहेको व्यक्ति रहेको कुरा भनेका छन् । उनले पाकिस्तानको सुरक्षा अभियानको कुराको सिलसिलामा पाकिस्तान भित्रै भइरहेको आक्रमणकारी घटनाहरुमा अमेरिकी सरकारको टाउको दुखेको कुरा बताएका छन् । उनले आफू पाकिस्तानमा आफ्नो उपस्थितिले कहिल्यै खतरा नभएको कुरा भनेका छन् । मुर्म्बईकाण्डको आरोपको बारेमा उनले आफूलाई पाकिस्तानी सर्वोच्च अदालतले अपराधबाट साफ मुक्त गरेको छ तथा उनको संगठन त्यस घट्नासंग कुनै सम्बन्ध नरहेको कुरा बताएका छन् र आफैले पनि मुर्म्बई हत्याकाण्डको भर्त्सना गरेका छन् । उनका अनुसार अमेरिकाले भारतको कुरा सुनेर यो निर्णय गरेको खण्डन गरेका छन् ।
सोमवार अबेर अमेरिकी स्टेट डिपार्टमेन्ट रिवार्ड्स फर जस्टिस कार्यक्रम अन्तरगत ६२ वर्षीय, सइदलाई “वान्टेड”को सूचना जारी गरेर उनलाई गिरफ्तार गर्ने पुरस्कार राशीको घोषणा गरेको छ । यो कार्यक्रम अमेरिकी सरकारले सन् १९८४ सालमा स्थापना गरिएको हो । अहिलेसम्म ७० जना आतङ्कवादीहरुलाई गिरफ्तार गरेर एकसय मिलियन अमेरिकी डलर वितरण गरिसकेको छ । सबैभन्दा बढी पुरस्कारको राशी अलकायदाका वर्तमान नेता आयमन अल जवाहिरीमाथि साढे दुई करोड अमेरिकी डलर गिरफ्तार गर्न राखिएको छ । आतङ्कवादी विरुद्ध निर्मुल पार्न राखिएको यो पुरस्कार कार्यक्रम अति नै सराहनीय र मूल्य रहेको कुरा अमेरिकी राज्य विभागले जानकारी दिएको छ ।
अहिले सइदको गिरफ्तारीमाथि राखिएको पुरस्कार राशी पनि ठूलो रकम हो जुनचाँहि तालेबानी नेता मुल्लाह ओमर बराबर रहेको छ । सइद भारत र पाकिस्तानमा मुसल्मान राज्य ल्याउनका लागि स्थापना गरिएको जामात-उ-दावा संगठनका संस्थापक हुन् । यस संगठनको भातृ संगठन् तथा सैनिक विभाग लश्कर-ए-तायबा जसको अर्थ विशुद्ध सैनिक भनिन्छ लाई काश्मिर क्षेत्रमा मुसल्मानहरुका एकछत्र अधिकारका लागि हिंसात्मक गतिविधिमा सक्रिय रहेको आरोप छ । श्रोत-सीएनएन, मेस ।
प्रतिक्रिया