साताको राशिफल (१ – ७ कात्तिक, २०७४)

साताको राशिफल (१ – ७ कात्तिक, २०७४)


मेष
रमणीय र सुखद यात्राको योग छ । अचल सम्पत्ति हात पर्ने योग छ । साथीभाइबाट सहयोग प्राप्त हुनेछ । मित्र वा आफन्तको सहयोगबाट नयाँ कार्यको थालनी हुनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ सेतो वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृष
घर–व्यवहारको समस्याले सताउनेछ । लेनदेनमा सजकता अपनाउनुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहला । सामान हराउन सक्नेछ । साताको अन्त्यबाट महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ गुलाबी वा सिन्दुरे हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

मिथुन
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आभूषण, शृङ्गार, फेसन डिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । साताको अन्त्यबाट राजनीतिक विवाद बढ्नेछ । पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । आफूलाई अनुशासित र संयम बनाउनुपर्नेछ । यो साताका लागि शुभअङ्क ५, ६ र शुभरङ आकासे नीलो हो । कुनै शुभकर्म गर्नुअघि सूर्य भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

कर्कट
पार्टनरसिपबाट राम्रो फाइदा मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । बाहन लाभ हुने समय छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता प्राप्त हुनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

सिंह
समय प्रतिकूल भई कुलतमा मन जानेछ । अरूको वचन टार्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । वैदेशिक कार्यमा समस्या देखापर्ला । आइतबारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । श्रमदान गर्ने अवसर मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहको स्मरण गर्नाले सफलता मिल्नेछ ।

कन्या
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेम–सम्बन्ध कसिलो हुनेछ । काम गर्ने जोस, जाँगर र हिम्मत बढ्नेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको कार्य पूरा हुनेछ । शनिबारबाट महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ सेतो हो । शुभकर्म गर्नुपूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

तुला
नजिकका व्यक्तिबाट धोका पाइएला । मानसिक चिन्ता बढ्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । साताको अन्त्यमा आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृश्चिक
रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्य वा रोजगार पाइनेछ । आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । धार्मिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनु राम्रो हुनेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व उन्मत्तभैरवको ध्यान गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
धनु
वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । साझेदारीमा गरेको कार्यबाट आर्थिक लाभ मिल्नेछ । सोमबारबाट आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुपर्नेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ चम्किलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महालक्ष्मीजीको दर्शन गरी आरम्भ गर्दा सफलता मिल्नेछ ।

मकर
नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला । निर्णायक क्षमता कमजोर हुनेछ । लगनशील बन्न नसक्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । अरूको वचन टार्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । बुद्धिको प्रयोगले काम लिने चेष्टा गर्नुहोला । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ वैजनी वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ ।

कुम्भ
वित्तीय संस्थाबाट सहयोग पाइनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । स्वादिष्ट भोजन पाइनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सवारीसाधनको खरिद–बिक्री हुने योग छ । यो साताका लागि शुभअङ्क ९ र शुभरङ सिन्दुरे वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको दर्शन गरी यात्रा आरम्भ गर्दा सफलता मिल्नेछ ।

मीन
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । प्रेममा सफलता पाइनेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साताको अन्त्यबाट साझेदारीको काममा उल्झन आउनेछ । राजनीतिक विवाद बढ्नेछ । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ नीलो वा हरियो हो । शुभकर्म गर्नुपूर्व महाकालीको आराधना गरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।