लण्डन । आज भारतको गुजरात प्रान्तमा एउटा विशेष अनुसन्धान टिमको आदलतले एउटा अति नै निन्दनीय नरसंहारको घटनामा हत्या, हत्याको प्रयास र हत्याका लागि षड्यन्त्र गरेको आरोपमा मुद्धा चलाइएका व्यक्तिहरुलाई जेल सजाय सुनाएको छ । गुजरातको आनन्द जिल्लामा विशेष अदालतले २३ जनालाई सन् २००२ सालको मार्च महिनामा मुसल्मानहरुका विरुद्ध उठेको दंगा जुनचाँही हालसम्मको चौथो सबैभन्दा भिषण मानिने हत्याकाण्डमा संलग्न व्यक्तिहरुलाई दोषी ठहर्याएको छ । ती २३ जनामध्ये १८ जनालाई आजीवन कारावास तथा ५ जनालाई सात वर्षको जेल सजाय सुनाएको छ । हत्याको अभियोगमा बढीभन्दा बढी मृत्युदण्डसम्म दिन सकिने प्रावधान छ । विशेष नागरिक वकिल पीएन परमारले आदलतको कुरा उद्धृत गर्दै यस्तो घट्ना एकदमै कमै मात्र घट्ने गरिन्छ भनेका छन् । ती आरोपित व्यक्तिहरुले एउटा घरभित्र शरण लिइरहेका २३जना मुसलमानहरु जसमा आठ जना महिलाहरु तथा नौ जना बच्चाहरु थिए, सबैलाई हत्या गरेका थिए । २७ फेब्रुवरी २००२को गोध्रा रेल काण्ड जहाँ ५८ जना हिन्दू तीर्थयात्रीहरुलाई मुसल्मानहरुले रेलभित्र आगो लगाएर हत्या गरेको घटनाबाट हिन्दूहरु र मुसलमानहरुबीच गुजरातमा ठूलो साम्प्रदायिक दंगा भएको थियो । गोध्रकाण्डमा हिन्दूहरुका तीर्थस्थल आयोध्यबाट तीर्थालुहरु फर्किरहेको बेलामा रेलको डब्बाभित्र आगो लगाएर बाहिरबाट दंगाकारीहरुले छेकेर मानिसहरुको हत्या गरेका थिए । यस हत्याकाण्डमा धेरै आइमाई केटाकेटीहरु परेका थिए । त्यसपछिको हिन्दू-मुसलमानहरुका हिंसात्मक दंगामा कम्तीमा १००० जना जति मानिसहरुको मृत्यु भएको थियो । धेरै मानिसहरु घरवारहीन तथा उनीहरुका सम्पतीको नाश भएको थियो । आज सुनवाइ भएको मुद्धाचाँहि यस्तै दंगाहरुमा नरसंहार भएका नौ वटा दंगाका घट्नाहरु मध्येका तेश्रो घट्ना हो । गुजरातमा घटेको सन् २००२ सालको सम्प्रदायिक दंगाको मुद्धालाई छानबिन गर्नका लागि सर्वोच्च आदलतले विशेष छानबिन आयोगलाई घटनाको अनुसन्धान गरेर आपराधीहरुलाई सजाय दिलाउने निर्देश अनुसार गुजरात सरकारले एपेक्स कोर्टमार्फत कार्यभार सुम्पेको थियो । -सुमल, मेस, श्रोतः नेट
प्रतिक्रिया