उद्योमन्त्री सुनिल बहादुर थापा देउसी भैलोमा छमछमी नाचेका छन् । रिपोर्टर्स क्लब नेपालको आयोजनामा भएको देउसी भैलो कार्यक्रममा उनी छमछमी नचेका हुन् ।
सो अवसरमा मन्त्री थापाले लोकतान्त्रिक गठबन्धनको मजबुत सरकार भएकाले यसलाई सफल बनाउनुपर्ने बताए ।
राप्रपा प्रजातान्त्रिकका नेतासमेत रहेका थापाले वाम र लोकतान्त्रिक ध्रुविकरणले स्थायी सरकारको अवस्था आउने भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
यसअघिको दोस्रो संविधानसभाको निर्वाचनमा जनतासमक्ष संविधान निर्माण गर्ने बाचा गरेर भोट मागेको स्मरण गराउँदै थापाले भने, ‘संविधान दिए, अब आर्थिक विकासका लागि काम गर्नुपर्नेछ ।’
पूर्वाधार र केन्द्रका हिसाबले उपयुक्त मानिएको धनकुटालाई प्रदेश नम्बर एकको राजधानी बनाउने आफ्नो अभियान भएकाले त्यसलाई साकार रुप दिनका लागि जनताले मत दिने विश्वास थापाको छ ।
चुनाव हुँदैन भनेर अफवाह फैल्याइएको प्रति असन्तुष्टी जनाउँदै थापाले तोकिएकै मितिमा चुनाव हुने दाबी गरे ।
प्रतिक्रिया