तपाईंको यो साता

तपाईंको यो साता


मेष
नयाँ कार्यको थालनी होला । मान–प्रतिष्ठामा वृद्धि होला । कला र गलाको प्रभाव बढ्नेछ । भूमि लाभ रहला । दाम्पत्यजीवन सुखमय हुनेछ । राजनीतिक अधिकारमा सफलता मिल्नेछ । शनिबारबाट समय मध्यम खालको रहनेछ । स्वास्थ्यमा तथा सौन्दर्यमा धन खर्च हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ हरियो हो ।

वृष
समय त्यति अनुकूल छैन । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आफ्नो अधिकार पाउनका लागि सङ्घर्ष गर्नुपर्नेछ । गलत निर्णय लिन पुगिएला । साताको अन्त्यबाट वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । वाक्चतु¥याइँले सङ््कल्प सिद्घ हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व देवीको दर्शन गरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ नीलो हो ।

मिथुन
साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । सानो प्रयासले भाग्यनिर्माण गर्न सकिनेछ । सवारीसाधनको खरिद–बिक्री हुनेछ । साथी र सहयोगीको मद्दतले बिग्रनै लागेको काम पनि बन्न सक्नेछ । रोकिएका कामसमेत सम्पादन हुनेछन् । नयाँ कार्य र जिम्मेवारी हात पार्ने मौका छ । दुर्गाजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ कालो हो ।

कर्कट
व्यापार–व्यवसायमा फाइदा होला । मनोरञ्जनमा सहभागी भइएला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । तर, काममा व्यवधानसमेत उत्तिकै देखापर्नेछन् । स्वास्थ्यका लागि खानपानमा ध्यान पु¥याउनुहोला । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ७, ९ र शुभरङ पहेँलो हो ।

सिंह
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मंगल कार्यको योग छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शनिबारबाट अरूको सुझाबलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ । शुभकर्म गर्नुपूर्व आफ्नो कुलदेवताको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्ग ३, ५ र शुभरङ आकाशे नीलो हो ।

कन्या
यो सातामा हतारको निर्णयले समस्या निम्त्याउन सक्नेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ । साताको अन्त्यबाट धैर्य एवम् लगनशीलताले अवसर दिलाउनेछ । लामो समयदेखि रोकिएको कार्यले पूर्णता पाउनेछ । कुनै शुभकर्म गर्नुपूर्व भैरवको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ सेतो वा सिन्दुरे हो ।

तुला
वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । रविबारबाट व्यवसायमा मन्दी आउला । सौन्दर्यमा धन खर्च हुनेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ वा घिउरङ हो ।

वृश्चिक
शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान–सम्मान पाइनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । शनिबारबाट नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला । कुनै शुभकर्म गर्नुपूर्व महाँकालको दर्शन गरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ४ र शुभरङ सेतो वा गुलाबी हो ।

धनु
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेकोे र ताकेको कार्य पूरा होला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार–व्यवसायमा लाभ मिल्नेछ । शनिबारबाट अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला । पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ रातो हो ।

मकर
समय त्यति अनुकूल छैन । आर्थिक कारोबारमा विवाद आउनेछ । अरूको भरपर्दा धोकामा परिने, हानि हुने र विश्वास गुम्नेछ भने शनिबारपछि नयाँ कामको थालनी हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । साझेदारीमा गरेको कार्यबाट आर्थिक लाभ मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व सिद्धिविनायकको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ सुन्तला हो ।

कुम्भ
धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक कार्यमा मन जानेछ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । शुभकार्यको चर्चा चल्नेछ । साताको अन्त्यबाट अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । कार्य सम्पादनमा समस्या आउला । कुनै शुभकर्म गर्नुपूर्व आफ्नो इष्टदेवताको स्मरण गरी कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ कलेजी वा सिन्दुरे हो ।

मीन
राजनीतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ । अरूको भरपर्दा धोकामा परिने, हानि हुने र विश्वास गुम्नेछ । निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा विलम्ब हुनाले दिक्क लाग्नेछ । तर, आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । कुनै शुभकर्म गर्नुपूर्व महामृत्युञ्जय भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ५ र शुभरङ रातो हो ।