कर्फ्यु कायम रहँदा जनजीवन चौपट्ट !

कर्फ्यु कायम रहँदा जनजीवन चौपट्ट !


(झापा, १२ कात्तिक) । बालक लक्ष्मण शिवाकोटी हत्या प्रकरणको उचित छानविन र कारवाहीको माग गर्दै गत शुक्रवार विर्तामोडमा भएको प्रदर्शनका क्रममा उत्पन्न परिस्थिति अझैै सामान्य बन्न सकेको छैन ।

स्थितिलाई साम्य पार्न प्रशासनले लगाएको कर्फ्यु ३ दिनदेखि जारी रहँदा जनजीवन प्रभावित भएको छ ।

शुक्रवार उत्पन्न परिस्थितिलाई साम्य पार्न सर्वपक्षीय छलफलबाट ८ बुँदे निर्णय भएको भएपनि कर्फ्यु नखुल्दा जनता मारमा परेका हुन् ।

कफ्र्युका कारण विर्तामोड आसपासका सामुदायिक तथा नीजि विद्यालयहरु सञ्चालनमा आउन सकेका छैनन् भने आवतजावतमा पनि कठिनाई भोग्दै आउनु परेको छ । निरन्तर तीनदिनदेखि व्यापार–व्यवसाय ठप्प हुँदा राज्यले करोडौँ घाटा व्यहोर्नु परेको छ ।

नरेश थापाको परिवारलाई राज्यबाट राहत उपलब्ध गराउन अनुरोध गर्ने, तत्कालका लागि विर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापाबाट २५÷२५ हजार र उद्योग बाणिज्य संघ विर्तामोडबाट १० हजार गरी तत्काल ६० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने, मृतकका परिवारमध्ये एकजनालाई सम्बन्धित नगरपालिकाबाट रोजगारीको ब्यवस्था मिलाउने, प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार ब्यवस्था मिलाउनेलगायतका सहमति भएको थियो ।

कफ्र्युका हटाउने सम्बन्धमा शुक्तबार प्रहरीको गोली लागि मृत्यु भएका नरेश थापाको अन्त्येष्टीपछिको परिस्थितिलाई मध्यनजर गर्दै कर्फ्यु खुकुलो हुँदै जाने जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलले बताउनु भयो ।

बैठकले परिस्थितिको आँकलन गरी कर्फ्यु खुकुल्याउने सन्दर्भमा झापाका प्रमुख जिल्ला अधिकारीसहित सबैसंग कुराकानी भइरहेको वार्तामा ट्रेडयुनियनका तर्फबाट सहभागी यज्ञप्रताप अधिकारीले जानकारी दिनुभयो ।