अवैध यौन सम्बन्ध खुल्ने डरले दिदीद्वारा भाइको हत्या

अवैध यौन सम्बन्ध खुल्ने डरले दिदीद्वारा भाइको हत्या


सिरहाको कर्जन्हा–२ की १६ वर्षिया प्रियंका यादवले आफ्नो यौनकाण्ड लुकाउन साथीसँग मिलेर १३ वर्षिय भाइको हत्या गरेकी छिन् । प्रहरीका अनुसार कात्तिक ३ गते भएको सो हत्यामा संलग्न उनीहरु दुवैलाई पक्राउ गरेर छानबिन सुरु गरिएको छ ।

भैसी चराउन जंगल गएको वेला प्रियंका र सञ्जयलाई भवेशले आपत्ति जनक अवस्थामा देखेपछि सो कुरा अरुलाई सुनाइदिने डरले उनीहरु दुबै मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।

१४ वर्षिय सञ्जय साहसँगको यौन सम्बन्ध खुल्ने डरले प्रियंकाले साहसँग मिलेर आफ्नै ठूलोबुवाका छोरा भवेश यादवको हत्या गरेको प्रहरीले जनाएको छ ।  कात्तिक ३ गतेदेखि हराएका भवेशको शव घर ननिकैको सिशम जंगलको वनमारा घारीमा ५ गते बेलुका फेला परेको थियो ।