भातृहत्यामा आरोपित प्रियंकाले गरिन् आत्महत्या, प्रहरीले लापर्वाही गरेको आरोप

भातृहत्यामा आरोपित प्रियंकाले गरिन् आत्महत्या, प्रहरीले लापर्वाही गरेको आरोप


यौनमा अन्धो बन्दा दिदीकै हातबाट एक भाइको ज्यान गएको घटनाले सबैलाई स्तब्ध पारिरहेकै बेला प्रहरीको लापर्वाहीका कारण भातृहत्याको आरोप लागेगी युवतीले प्रहरी हिरासतमै आतमहत्या गरेकी छिन् । सिरहा कर्जन्हा नगरपालिका–२ का १३ वर्षीय बालक भवेशकुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा एक युवकसहित पक्राउ परेकी प्रियंका यादवले आइतबार साँझ प्रहरी हिरासतमै आत्महत्या गरेकी हुन् ।

सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले अभियुक्त प्रियंकाले नुहाउन जाने बहाना बनाएर विष्णुपुर प्रहरी चौकीको हिरासत कक्षको बाथरुममै आत्महत्या गरेकी जनाए पनि यसमा प्रहरीको लापर्वाही देखिएको आरोप स्थानीवासीले लगाएका छन् । यौनसम्बन्धी मामलामा भाइकै हत्या गराउन पछि नपरेकी युवतीको मनोदशा कुन रुपमा गुज्रिरहेको होला भन्ने कुरामा प्रहरी प्रशासन संवेदनशील हुनुपर्नेमा लापर्वाही गरेको सरोकारवालाहरुको तर्क छ ।

बताइएअनुसार अनुसार हिरासत कक्षबाट नुहाउन बाथरुम छिरेकी प्रियंका समयमै बाहिर ननिस्किएपछि खोजी गर्दा भेन्टीलेसनको ग्रिलमा सलले झुण्डिएको अवस्थामा मृत अवस्थामा भेटिएको थियो ।