हत्या अभियोगमा फरार माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

हत्या अभियोगमा फरार माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ


हत्या अभियोगमा फरार सूचीमा रहेका अभियुक्त एवं माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् ।

सर्वोच्च अदालतबाट जन्मकैदको फैसला पाएका माओवादी केन्द्रका नेता ढुंगेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले आज पक्राउ गरेको हो ।

ललितपुरको सातदोवाटोस्थित एक आफन्तको कोठामा बसिरहेको अवस्थामा ढुंगेललाई पक्राउ गरिएको सिआईबी स्रोतले बतायो । पक्राउ परेका ढुंगेललाई सिधै कारागार चलान गर्ने तयारी भइरहेको प्रहरीले बतायो ।

फरार ढुंगेललाई पक्राउ नगरेको भन्दै प्रहरीका महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्च अदालतमा मानहानी मुद्धा परेको थियो । सर्वोच्चले जन्मकैदको फैसला गरेपछि पूर्व सांसद समेत रहेका ढुंगेल फरार थिए ।