तपाईंको यो साता (राशिफल, १५–२१ कात्तिक, २०७४)

तपाईंको यो साता (राशिफल, १५–२१ कात्तिक, २०७४)


मेष
अनावश्यक ठाउँमा धन खर्च होला । चुनौतीको सामना गर्नुपर्ला । स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुनेछ । साताको अन्त्यबाट धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । मित्र वा आफन्तको सहयोगबाट नयाँ कार्यको थालनी हुनेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ गुलाबी वा सिन्दूरे हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृष
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । वस्त्र, अलङ्कार खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । सरकारी निकायबाट सहयोग मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ सुन्तला वा सेतो हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक लगानीमा सहकार्य गर्ने अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । रविबारबाट महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । हतारको निर्णयले समस्या निम्त्याउन सक्नेछ । बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ कालो हो । शुभकर्म गर्नुपूर्व कुलदेवताको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कर्कट
भाग्यले विभिन्न अवसर जुराउनेछ । शुभकार्यको चर्चा चल्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । सुन्दरताको क्षेत्रमा गरेको लगानी लाभदायक हुनेछ । धार्मिक यात्राको योग छ । साताको अन्त्यबाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । राजनीतिक कार्यमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व कार्यविनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

सिंह
सरकारी निकायबाट सहयोग मिल्नेछ । प्रेमी–प्रेमिकाबीच खिन्नता बढ्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । घरायसी वातावरणमा केही असामन्यता देखिन सक्नेछ । रविबारबाट मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ । वाक्चतु¥याइँले सङ्कल्प सिद्घ हुनेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ नीलो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कन्या
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । कार्यमा सफलता पाइनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । विज्ञान प्रविधिको सहयोगले व्यवसाय फस्टाउनेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्री प्राप्ति हुनेछ । वस्त्र लाभ हुनेछ । यो साताका लागि शुभअङ्क ५, ७ र शुभरङ नीलो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

तुला
प्रेममा मनमुटाव रहला । व्यर्थको यात्रा हुनेछ । आर्थिक सङ्कट छाउनेछ । डुबेको धन उकास्न दौडधुप गर्नुपर्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ । शनिवारबाट सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ पहेँलो हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महालक्ष्मीजीको दर्शन गरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

वृश्चिक
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आकस्मिक धनलाभ हुनेछ । सवारीसाधनको खरिद–बिक्री हुने योग छ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । साताको अन्त्यबाट खर्चको मात्रा बढ्नेछ । सौन्दर्यमा धन खर्च हुनेछ । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुपर्नेछ । यो साताका लागि शुभअङ्क ५ र शुभरङ सिन्दूरे वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व बटुकभैरवको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

धनु
लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । मानसम्मान पाइनेछ । अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २, ९ र शुभ रङ रातो वा पहेँलो हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर
स्वास्थ्यमा खराबी रहला । समस्या खेप्नुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारी र मन अस्थिर रहने सङ्केत छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । रविबारबाट नयाँ काम वा रोजगार पाइनेछ । जोस, जाँगर र उमङ्ग बढ्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । यो साताका लागि शुभअङ्क ४, ८ र शुभरङ हरियो हो । मृत्युञ्जय भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ

न्यायिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभसमाचार सुन्न पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नै सवारीसाधनमा रमाइलो र टाढाको यात्राको सम्भावना छ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ सुन्तला हो । शुभकर्म गर्नुपूर्व सूर्यको दर्शन गरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

मीन
पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । अधुरो काम बन्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना छ । पेसा वा व्यवसायमा समेत सन्तुष्टि नै हुनेछ । तर, पुराना रोगव्याधि र समस्याले सताउने सम्भावना रहेको छ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ वैजनी वा पहेँलो हो । शुभकर्म गर्नुपूर्व महाँकालको स्मरण गरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।