सैसेलो छैक्षेत्रपाल सैसेलो…

सैसेलो छैक्षेत्रपाल सैसेलो…


– रामेश्वर राउत मातृदास


आशापुर महादेव
मनको धोको धनेश्वर
उत्तर–दक्षिण–पूर्व–पश्चिम
इशान–आग्नेय–वायव्य–नैरित्य
उध्र्व–पाताल दशैदिशा
अङ्गभङ्ग दङ्ग–दृश्य,
आँगन–पिँढी सृष्टि एक
आकाश÷पाताल गर्दै रेखदेखा
आऔँ हामी देउसे÷भैलिनी
सैसेलो छैक्षेत्रपाल सैसेला
सैसेलो कुलदेवी सैसेलो !

।।१।।

जहाँछन् जति थानामामा
एउटै धरती-एउटै छाना
टेथिससागर मथेर
जीवनजन्तु-जलचर–थलचर रचेर
अमृत–आत्मा बाँडेर
कालकूट कण्ठमा साँचेर
नीलकण्ठेश्वर–नीलाम्बर,
करोडकोटी युग नमन !
मनफूलका माला लाऊ
पलपाइलामा घरद्वार आऊ
सैसेलो बाँसुकी सैसेलो
सैसेलो ज्वालामुखी सैसेलो

।।२।।

गडगडाइदेऊ गौरेश्वर
त्रिशूल त्रिलोक सर्वेश्वर
ओरालो झ¥यौँ-उकालो चढ्याँै
आकाश-पाताल चनभूमे,
औडाहा हुन्छ-छटपटी हुन्छ
सम्झी-सम्झी योम न रुच्छ
भनौँ कसलाई सुन्ने छैनन्
मनमन्दिरमा छैन चयन
को आयो यहाँ के भयो यस्तो
ढ्याङ्ग्रो ठोकी-हृदय घोकी
मेघमल्हारलौ हेर !
शक्ति सामथ्र्य जुटाई
सवङ्गमा लौ घेर
सैसेलो भीमसेन सैसेलो
सैसेलो कालिञ्चोकी माई सैसेलो !

।।३।।

रुन्चे हाँसो दुर्गेश्वर
माटाको डल्ला-खोर्सानी धुलो
खोलाको पानी-सिमसार घुमो
मूलको कुलो-हिमचुली ठूलो
वर्षेझरी नयनभरि
काटिन्छ मुटु चरचरी
यो मन रुन्छ धरधरी
वीरको शिर-धीरको धाम
मान्छेको कुद्दो छन् दामा
सैसेलो मनकामना सैसेलो
सैसेलो बाग्लुङ भगवती सैसेलो !

।।४।।

दाह्रा किट्ने-मुड्की ठोक्ने
भाङभुसडी काँधमा बोक्ने
रछ्याने–जुट्याने÷वरतिर–परतिर
टाममुट-वैरीको घरदैलो एकएक घुम
ओखल-मुसल÷कुख्री–बाख्री
गोरु–गाठा-भैंसीको–पाडा
झिटीझ्याम्टा जीवनाधार
सर्वेश्वर देवस्व
सैसेलो चनभुमे सैसेलो
सैसेलो मानसरोवर सैसेलो

।।६।।

आकाश÷धरती हत्केला
सृष्टिको खलो भत्केला
सुनको थाली-पुर्खाको बाली
निर्मल गङ्गा यो मन चङ्गा
जय जय गोरख जय काली
सृष्टि सिङ्गै काँधमा हाली
सैसेलो अष्टभैरव सैसेलो
सैसेलो बाह्रमष्ट सैसेलो ।