अन्ततः चितवन कांग्रेसले टुंग्यायो उम्मेदवार, प्रचण्ड हराउन पाण्डेलाई कांग्रेसको साथ

अन्ततः चितवन कांग्रेसले टुंग्यायो उम्मेदवार, प्रचण्ड हराउन पाण्डेलाई कांग्रेसको साथ


मंसिर २१ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्बाचनमा चितवनमा लोकतान्त्रिक समूह र वाम बिच कडा टक्कर हुने देखिएको छ । यसका लागि नेपाली कांग्रेस, चितवनले सबै उम्मेदवारहरुको अन्तिम टुंगो लगाइसकेको छ ।

चितवन निर्वाचन क्षेत्र नं. १ मा एमाले नेता सुरेन्द्र पाण्डेसँग कांग्रेसले राजेन्द्र वुर्लाकोटीलाई उम्मेदवार बनाएको कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताए । कांगे्रसले चितवन क्षेत्र नं. १ को प्रदेश क्षेत्र (क) मा धनबहादुर गुरुङ र (ख) मा उत्तम आर्चायलाई उम्मेदवार बनाएको सभापति श्रेष्ठले बताए ।

यस्तै, क्षेत्र नं. २ बाट शिक्षाराज्यमन्त्री शेषनाथ अधिकारीले कांग्रेसबाट टिकट पाए भने वामगठवन्धनबाट एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल उम्मेदवार बनेका छन् । यो क्षेत्रमा कांग्रेसले प्रदेश क्षेत्र (क) मा जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई र (ख) मा प्रकाश अधिकारीलाई पठाएको छ ।

उता चर्चित क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डे बिच कडा टक्कर हुने भएको छ । पाण्डेलाई उठाउने सहमति यसअघि नै कांग्रेसले गरिसकेकोले पाण्डेसँग चुवान लड्नु प्रचण्डलाई फलामका चिउर चपाउनु बराबर हुन्छ ।

यहाँ प्रदेश क्षेत्र (क) मा कांग्रेसले दिनेश कोइराला र (ख) मा साजनकुमार महतोलाई उम्मेदवार पठाएको छ ।

स्थानिय तहको निर्बाचनमा कांग्रेसले प्रचण्डपुत्री रेणु दाहाललाई सघाएको थियो । तर निर्बाचनको फाइदा उठाएर कांग्रेसको साथ छोडेका प्रचण्डलाई कांग्रेसको साथ र सहमतीमा उम्मेदवार बनेका बिक्रम पाण्डेले प्रचण्डलाई धुलो चटाउने भएका छन् ।