विमलेन्द्र र राजेन्द्रको एउटै क्षेत्रमा उम्मेदवारी : धनुषा ३ मात्र १८ जना उम्मेदवार

विमलेन्द्र र राजेन्द्रको एउटै क्षेत्रमा उम्मेदवारी : धनुषा ३ मात्र १८ जना उम्मेदवार


विभिन्न दलका ‘हेभिवेट’ नेता सहितका उम्मेदवारहरुले धनुषामा प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस नेता विमलेन्द्र निधि र राजपा नेता राजेन्द्र महतोले क्षेत्र नम्बर ३, माओवादी केन्द्रका नेता रामचन्द्र झाले क्षेत्र नम्बर २, मात्रिका यादवले क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

धनुषा ३ मा निधि र महतोको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । ‘हेवेभिवेट’ सहितका अरु उम्मेदवारहरु तामझामका साथ जिल्ला निर्वाचन कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराइरहेका हुन् ।

धनुषा निर्वाचन क्षेत्र नं. ३ मा मात्र अहिलेसम्म १८ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभाका लागि ६ जना र प्रतिनिधिसभाका लागि १२ जना गरि जम्मा १८ जनाले उम्मीदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दिनुपुर्व महतोले जनकपुर स्थित जानकी मन्दिमा पुजा गर्न पुगेका थिए भने उनी संगै जनकपुरका मेयर लालकिसोर साह लगायतका नेता कार्यकर्ताहरुको घुइचो देखिन्थ्यो ।