मंसिर २१ गते दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता गराएका सातजना विरुद्ध परेको दाबी विरोधमा निर्वाचन आयोगले आज सत्यतथ्य पत्ता लगाएर छानविन गर्दैछ ।
बिहीबार उम्मेदवारी दर्ता गराएकामध्ये सातजना विरुद्ध शुक्रबार परेको दाबी विरोधमा शनिबार छानविन गरी टुंग्याउने र आइतबार अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह दिइने निर्बाचन आयोगको कार्यतालिका रहेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो क्षेत्रमा उम्मेदवारी दर्ता गरेका कांग्रेसकै नेता गोविन्दराज जोशीको मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता गरेका छन् । पौडेलका अनुसार जोशी विशेष अदालतबाट २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर भएको र अदालतको फैसला कायमै रहेकाले जोशीले चुनाव लड्न पाउँदैनन् ।
आज आयोगले छानविन गरी जोशीले चुनाव लड्न पाउने नपाउनेबारे निक्र्योल गर्नेछ ।
प्रतिक्रिया