आज उम्मेदवारी फिर्ता लिने दिन, आयोगले उम्मेदवारको अन्तिम नामावली आजै सार्वजनिक गर्ने

आज उम्मेदवारी फिर्ता लिने दिन, आयोगले उम्मेदवारको अन्तिम नामावली आजै सार्वजनिक गर्ने


निर्वाचन आयोगले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आइतबार दिउँसो १ बजेसम्मको समय दिएको छ ।

आयोगले उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय दिएको हो ।

बागीले हैरानी परेका दलहरुलाई विद्रोही उम्मेदवारलाई सेटिङ मिलाउन पनि उम्मेदवारी फिर्ताको समय उत्तम बनेको छ ।

आयोगले उम्मेदवारहरुविरुद्ध परेका उजुरीको छानविन गरिसकेपछि उम्मेदवारी फिर्ताको अवसर दिएको हो ।

उम्मेदवारी फिर्ताको काम सकिएपछि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ । यो समय दिउँसो १ देखि ३ बजेसम्मको तोकिएको छ ।

त्यसैगरी आयोगले उम्मेदवारलाई ३ देखि साँझ ६ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने जनाएको छ ।

निर्वाचन आयोगका अनुसार १२८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि १,७४२ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेशसभातर्फको २५६ प्रतिनिधिका लागि २,९ ६६ जना मैदानमा खडा भएका छन् ।

केहीको उम्मेदवारीविरुद्ध परेको उजुरीपछि उम्मेदवार घटेका छन् । त्यसैगरी विभिन्न दलबाट बागी उठेकाहरुले उम्मेदवारी फिर्ता लिएपछि अझै उम्मेदवार घट्ने छन् ।