क्वालिटी शिक्षा, क्वालिटी स्वास्थ र रोजगारीका लागि मलार्इ जिताउनुस् : पौडेल

क्वालिटी शिक्षा, क्वालिटी स्वास्थ र रोजगारीका लागि मलार्इ जिताउनुस् : पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदातासामु आफुलार्इ जिताए क्वालिटी शिक्षा, क्वालिटी स्वास्थ्य र रोजगारीको अवसर प्रदान गर्ने वाचा गरेका छन् । नेता पौडेलले तनहुँमा पर्यटनको पनि सम्भावना भएको कारण यसको विकास गर्नुपर्ने कुरामा जोड दिए । मनकामनाको धुरीलार्इ पर्यटकको गन्तव्य बनाउँनको लागि नेपालको गुरु योजनामा परिसकेको उनले बताए ।

तनहुँमा आयोजना गरिएको एक चुनावीसभालार्इ सम्बोधन गर्दै पौडेलले यो निर्वाचनमा आफुलार्इ जिताए क्वालिटीयुक्त शिक्षा,स्वास्थ्य र रोजगारीको अवसर प्रदान गर्ने वाचा गरेका हुन् । पौडेलले तनहुँ जिल्लामा जलविद्युतको सम्भावना भएका कारण पनि आफु यसको विकासमा लागि पर्ने मतदातासामु वाचा गरे ।

‘खासगरिकन गाउँमा क्वालिटी शिक्षा, क्वालिटीको स्वास्थ्य र रोजगरीको अवसरको सिर्जना गर्नुपर्छ’ पौडेलले भने, काठमाडौंमा मान्छे कोचिएका छन तिनिहरुलार्इ यता ल्याउनुपर्‍यो ।’