वाम गठबन्धनको घोषणापत्र सार्वजनिक आज

वाम गठबन्धनको घोषणापत्र सार्वजनिक आज


आज वाम गठबन्धनले आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने तयारी गरेको छ । गठबन्धनका अनुसार तीनकुनेस्थित रोयल व्यांक्वेटमा दुबै पार्टीका शीर्ष तहका नेताहरुले घोषणापत्र सार्वजनिक गर्नेछन् ।

घोाषणापत्रमा २०९९ सम्म नेपाललाई समन्नुत राष्ट्रको स्तरमा लग्ने, ५ बर्षभित्र गरिबी मुक्त गर्ने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पाँच हजार अमेरिकी डलर अर्थात् पाँच लाख नेपाली रुपैयाँ पुर्याउने जनाइएको छ ।

यस्तै, बाढी पहिरो पीडितलाई निःशुल्क घडेरी, खेलकुद विश्वविद्यालयको स्थापना, आगामी १० वर्षमा २० हजार मेगावाट बिजुली उत्पादन आगामी ५ बर्षमा दुई हजार ३५० किलोमिटर रेलमार्ग निर्माण जस्ता लोकप्रिय र महत्वकांक्षी योजनाहरु घोषणापत्रमा उल्लेख समावेश गरीएको छ ।

एमाले नेता मनमोहन अधिकारीको पालामा ल्याइएको ‘आफ्नो गाउँ आफैं बनाऔं’ र प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा ल्याइएको ‘नेपालको पानी जनताको लगानी’, ‘घरघरमा बिजुली जनजनमा सेयर’ जस्ता नारालाई पनि घोषणापत्रमार्फत उठान गरिएको छ ।