चुनावी चटारो : ३२ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाई सकियो

चुनावी चटारो : ३२ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाई सकियो


आसन्न मंसिर १० गतेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्रको छपाई निर्वाचन आयोगले सकेको छ ।

आयोगले दोस्रो चरणमा निर्वाचन हुने निर्वाचन क्षेत्रको मतपत्र छपाई पनि सुरु गरेको हो । पहिलो चरणमा निर्वाचन हुने जिल्लाका मतपत्रसहितका सामाग्री सम्वन्धित जिल्लामा पठाउने काम आयोगले सुरु गरेको छ ।

पहिलो चरणको प्रत्यक्षको मतपत्र छपाइ सकिएको बताए। ढकालले पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मतपत्र लगायतका आवश्यक सामाग्री पठाउन सुरु गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

पहिलो चरणमा प्रदेश नम्बर २ बाहेकका उच्च हिमाली जिल्लामा मतदान हुँदैछ । ३२ जिल्लाका प्रतिनिधिसभातर्फका ३७ र प्रत्यक्षका ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका लागि झण्डै ४० लाख मतपत्र छापेको छ ।

सर्वोच्चको आदेशअनुसार मतपत्रको डिजाइन परिवर्तन गरेका कारण निर्वाचन तयारीमा केही ढिला भएको छ । मतदाता शिक्षा कार्यक्रमका सामाग्री परिमार्जन गर्नु पर्ने अवस्था सिर्जना भएपछि मतदाता कार्यकर्ता फिल्डमा पुग्न केही ढिलाई भएको आयोग बताउछ । आयोगका अनुसार कात्तिक २५ भित्र सबै क्षेत्रमा मतदाता शिक्षाका लागि कर्मचारी खटाउने तयारी रहेको छ ।