‘सुर सुगन्ध’ विमोचन हुने

‘सुर सुगन्ध’ विमोचन हुने


रचनाकार तथा साहित्यकार बालकुमार गुरुङ (बालक) को नेपाली लोक तथा आधुनिक गीति एल्वल ‘सुर सगन्ध’ को चाँडै विमोचन हुने भएको छ ।

गुरुङको नयाँ एल्वम ‘सुर सुगन्ध’मा नेपालका चर्चित गायक राजेश पायल राई, सत्यराज आचार्य, स्वरुपराज आचार्य, युवराज गुरुङ, मेलिना राई र वरिष्ठ गायक दीपक खरेलको स्वर रहेको रचनाकार बालक गुरुङले जानकारी दिए ।

‘सुर सुगन्ध’ एल्वममा जम्मा ६ वटा गीत रहेका छन । जस्को चारवटा गीतमा स्वयं रचनाकार गुरुङको संगीत रहेको छ । अन्य दुई गीतमा स्वरुपराज आचार्य र युवराजले संगीत भरेका छन् ।

म्युजिक एरेन्ज आमोस तामाङ र अशोक लोहोरुङ राईको रहेको छ । त्यस्तै एल्वमको कवर डिजाइन अनिल स्थापितले गरेका छन । गुरुङको यो भन्दाअघि स्टार र कर्म नाम लोक तथा आधुनिक एल्वम बजारमा आइसकेको छ ।