तपाईंको यो साता

तपाईंको यो साता


मेष
प्रेमी÷प्रेमिकाबीचा खिन्नता बढ्नेछ । अनावश्यक यात्राको साथै आर्थिक कारोबारमा मन्दी आउनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । शनिबारबाट छोटो दूरीको लाभदायक यात्रा रहला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महालक्ष्मीजीको दर्शन गरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ सेतो हो ।

वृष
राजनीतिक कार्यमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शत्रु पराजित हुनेछन् । साताको अन्त्यबाट बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । झैझगडा र वादविवादमा परिएला । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्नेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ वैजनी वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ ।

मिथुन
शिक्षामा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइन्छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । साझेदारीमा गरेको कार्यबाट आर्थिक लाभ मिल्नेछ । मान, प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । रमणीय र सुखद यात्राको योग छ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ गुलाबी वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व सिद्धिविनायकको दर्शन गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट
स्वास्थ्यमा समस्या आउला । कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । साताको उत्तरार्धबाट महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ गुलाबी वा सिन्दूरे हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको दर्शन गरे सफलता हात पर्नेछ ।

सिंह
मनमा शान्ति र अनुहारमा कान्ति छाउला । शुभकार्यको चर्चा चल्नेछ । कूतनीतिक नियोगको सहयोग मिल्ला । भाग्यले विभिन्न अवसर जुराउनेछ । विद्युतीय क्षेत्रबाट फाइदा लिन सकिनेछ । रविबारबाट आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

कन्या
रमाइलो यात्राको योग रहेको छ । सामाजिक कार्यमा मन जाला । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । पारिवारिक जीवनमा रमाइलोपना आउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मानसम्मान मिल्नेछ । वाहान लाभ हुने समय छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को पूजा गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क १, ३ र शुभरङ नीलो हो ।

तुला
विशिष्ट व्यक्तिको सहयोग पाइन्छ । ठूला व्यक्तिले तपाइँको मिहिनेतको प्रशंसा गर्नेछन् । मान–प्रतिष्ठामा वृद्धि होला । साताको अन्त्यबाट अरूको भरपर्दा धोकामा परिने हानि हुने र विश्वास गुम्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ७ र शुभरङ रातो हो ।

वृश्चिक
घर–व्यवहारमा झमेला रहला । सामान हराउने वा नष्ट हुने योग छ । व्यवसायमा मन्दी आउला । खर्चको मात्रा बढ्नेछ । शनिबारबाट व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । काम गर्ने जोस, जाँगर र हिम्मत बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको दर्शन गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ सिन्दूरे वा कलेजी हो ।

धनु
रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको प्रस्ताव आउला । दाम्पत्यजीवन सुखमय हुनेछ । अचल सम्पत्तिको कारोबार हुनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । साताको अन्त्यबाट आर्थिक कारोबारमा विवाद आउनेछ । मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ । कार्यहरू अधुरै रहलान् । कुनै शुभकर्म गर्नुपूर्व महाँकालको स्मरण गरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ हरियो हो ।

मकर
मनमा शान्ति र अनुहारमा कान्ति छाउला । पार्टनरसिपबाट राम्रो फाइदा मिल्नेछ । प्रेम–सम्बन्ध कसिलो हुनेछ । आर्थिक क्षेत्र मजबुत देखिन्छ । अचल सम्पत्ति हात पर्ने योग छ । मनोरञ्जनका क्षेत्रमा गरेको लगानीबाट लाभ प्राप्त हुनेछ । मनमा शान्ति छाउनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभ रङ रातो वा पहेँलो हो ।

कुम्भ
अनावश्यक धन खर्च हुनेछ । पेसागत समस्या आउला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला । साताको अन्त्यबाट मुद्दामामिलामा विजयी प्राप्त हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ गुलावी वा पहेँलो हो ।

मीन
अचल सम्पत्ति हात पर्ने योग छ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्री प्राप्ति हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रविबारबाट अनावश्यक ठाउँमा धन खर्च हुनेछ । स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ सुन्तला हो ।