लण्डन । यूगोभको सर्वेक्षणले महिलाहरुलाई पुरुषहरुबाट यौन दूर्व्यवहार जस्ता क्रियाकलापले सताइने गरिएका प्रतिवेदन प्रकाशमा आएको छ । युवा महिलाहरुलाई यौन दूर्व्यवहार गरी सताउने सिलसिला बेलायतका गल्लीहरुमा देखा परेकोले यसलाई गम्भीर समस्याको रुपमा लिएको छ । यस समस्यालाई भोटिङ र सर्वेक्षण गरेर हेर्दा प्रत्येक दश जना युवा महिलाहरुमध्ये चार जनालाई यौन शोषण गरी सताउने गरेको तथ्य पत्ता लागेको छ ।
गत वर्ष यूगोभले लण्डनका १८ वर्षदेखि ३४वर्षसम्मका १०४७ जना महिलाहरुलाई सोधपुछ गरेर सर्वेक्षण गरेको थियो । यस सर्वेक्षणले ४३ प्रतिशत महिलाहरु यौन उत्पिडनमा सताइएका थिए । येन्ड भायलेन्स अगाइँन्स वूमेन कोलिशन (ईभीएडब्ल्यू) आयोगको अन्तरगत यूगोभले गरेको सर्वेक्षणमाथि उल्लेखित तथ्य पत्ता लागेको थियो । ईभीएडब्ल्यूकी निर्देशक होली डस्टिनले … महिलाहरु यस्ता सताइने खालका यौन व्यवहारका कारण एक्लै हिँड्दा असुरक्षित महशुस गर्छन् … भनेर आफ्नो कुरा व्यक्त गरेकी छिन् । यसभन्दा अघिल्लो र्सर्वेक्षणमा १२ वर्ष स्कुली छात्राहरुमाथि सर्वेक्षण गरिएको थियो जसमा स्कुलमा पढ्ने प्रत्येक तीन जना छात्रामध्ये एक जनाले आफूले नचाहेको यौन सम्बन्धको अनुभूति व्यहोर्नु परेको कुरा सर्वेक्षणले देखाएको थियो । निर्देशक होलीका अनुसार एकजना महिला यौन शोषणबाट पीडित भएपछि आफ्नो व्यवहारमा सामन्यरुपमा आउन र परिवर्तत हुन गाह्रो पर्ने कुरा बताएकी थिईन्, यौन शोषणले महिलाको जीवनमा ठूलो असुरक्षा रहने खालको प्रभाव पर्दछ भनेकी थिईन् । यस सर्वेक्षणले पब्लिक ट्रान्सपोर्टमा समेत यात्रा गर्दा १८वर्ष देखि २५वर्षका ३१ प्रतिशत महिलाहरुले नचाहिने यौन सङ्केतबाट पीडित भएको अनुभूति गरेका थिए । त्यस्तै २५वर्षदेखि ३४वर्षसम्मका २१ प्रतिशत महिलाहरु सताइने खालको यौनिक दूर्व्यवहारको अनुभूति गरेका थिए । समग्रमा पब्लिक ट्रान्सपोर्टमा ५ प्रतिशत महिलाहरु इच्छाविपरीत यौन सम्पर्कमा आएका थिए । श्रोत – गार्जियन, सुमल, मेस ।
प्रतिक्रिया