समाजवादी फोरमका केन्द्रीय सदस्यसहित सिंगो जिल्ला कमिटि एमालेमा विलय

समाजवादी फोरमका केन्द्रीय सदस्यसहित सिंगो जिल्ला कमिटि एमालेमा विलय


संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यसहित सिंगो दोलखा जिल्ला कमिटि एमालेमा विलय भएको छ ।

समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य लक्ष्मण गुभाजुसहित सिंगो जिल्ला समिति एमालेमा बिलय भएको हो ।

जिल्ला समिति एमालेमा विलय भएपछि सो पार्टीका अध्यक्ष उपेन्द्र यादव तनावमा परेका छन् । पार्टी विलय कार्यक्रममा उनीहरूलाई एमालेका नेताहरूले प्रवेश गराए ।

संघीय फोरम त्यागेर एमाले प्रवेश गर्नेहरूमा दोलखा सिन्धुपाल्चोक इञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य गुभाजु, दोलखा जिल्ला अध्यक्ष इन्द्र तामाङ, उपाध्यक्ष टहलबहादुर थामी, सचिव सोनाम शेर्पा, सहसचिव प्रमिला श्रेष्ठलगायत रहेका छन ।

उनीहरू प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारसमेत हुन् ।
कार्यक्रममा प्रदेश सभा २ का उम्मेदवार रहेका टहल थामीले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे । उनले एमालेका उम्मेदवारहरूलाई जिताउन विशेष भूमिका खेल्ने बताए ।

प्रतिनिधि सभा दोलखाका उम्मेदवारसमेत रहेका लक्ष्मण गुभाजुले पनि एमालेका उम्मेदवारहरूको पक्षमा प्रचार प्रसार गर्ने बताएका छन् ।

कर्याक्रममा एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाई, केन्द्रीय सदस्य पार्वत गुरुङ, पूर्वमन्त्री आनन्द पोखरेलसहितका नेताहरूको सहभागिता रहेको थियो ।