अयोधीप्रसादले किन गरे शिवपुजनमाथि कृपा !

अयोधीप्रसादले किन गरे शिवपुजनमाथि कृपा !


भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा रहेको कारण देखाएर गोविन्दराज जोशीलगायत विभिन्न दलका केही उम्मेदवारहरूको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरे पनि उस्तै मुद्दा खेपिरहेका एक उम्मेदवारप्रति आयोगले विशेष कृपा देखाएको पाइएको छ । यसरी प्रमुख निर्वाचन आयुक्तकै कृपा हासिल गर्ने उम्मेदवार हुन्– सर्लाहीको क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका शिवपुजन राय यादव । माओवादी केन्द्रका उनी वाम–गठबन्धनको साझा उम्मेदवार हुन् ।

शिवपुजनमाथि रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा विशेष अदालतमा मुद्दा चलिरहेको छ । यसरी भ्रष्टाचार मामलामा मुद्दा परेका व्यक्तिले निर्वाचनमा उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्थाअनुसार निर्वाचन आयोगले काङ्ग्रेसका गोविन्दराजलगायत आधा दर्जनभन्दा बढी उम्मेदवारको उम्मेदवारी खारेज गरेको थियो । यसरी उम्मेदवारी खारेज गर्दा शिवपुजनमाथि भने जानाजान निर्वाचन आयोगले ध्यान नदिएको बताइन्छ । प्रमुख निर्वाचन आयुक्तमाथि ‘माओवादी केन्द्रसमर्थित’ आरोप लाग्दै आएको सन्दर्भमा माओवादी केन्द्रका उम्मेदवार यादवमाथि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले विशेष कृपा गरेको आयोग सूत्रले जनाएको छ । कतिपयले चाहिँ जातीय आधारमा अयोधीप्रसादले शिवपुजनप्रति सद्भाव देखाएको तर्क पनि गरेका छन् ।

यथार्थ जे भए पनि उस्तै मुद्दामा व्यक्ति हेरेर निर्वाचन आयोगले किन फरक व्यवहार ग¥यो र अब शिवपुजनको उम्मेदवारी कायम रहन मिल्ने कि नमिल्ने ?– सवाल पैदा भएको छ ।