डा. महतलाई सघाउन उम्मेदवारी फिर्ता

डा. महतलाई सघाउन उम्मेदवारी फिर्ता


आगामी मंसिर २१ गते हुने निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट नेपाली कांग्रेस बिपीवादीका तर्फबाट प्रदेशसभामा उम्मेदवारी दिएका अशोक न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा उम्मेदबार डा. प्रकाशशरण महतलाई सघाउने भन्दै उनले उम्मेदवारी फिर्ता लिएको जानकारी आज एक विज्ञप्ति प्रकाशन गरेर दिएका छन् ।

उनले डा. महतको विशेष अनुरोधमा प्रतिनिधिसभामा सघाउन आफूले उम्मेदवारी फिर्ता लिएको र आफू डा. महतलाई जिताउन लागिपर्ने पनि सो विज्ञप्तिमा जनाएका छन् ।