नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले निर्वाचनमा काँग्रेस पराजय भए मुलुकमा साम्यवादी व्यवस्था लागू हुने बताएका छन् ।
प्रतिनिधी सभाको तर्फबाट लमजुङको उम्मेद्वार बनेका नेता घर्तीले आज चुनावी प्रचारप्रसारको क्रममा परेवाडाँडाको आमसभालाई सम्बोधन गर्दै प्रजातान्त्रिक परिपाटीलाई बलियो बनाउनका लागि काँग्रेसलाई भोट दिनुपर्ने बताएका हुन् ।
‘२०४८ सालमा पनि बाम एकता भएको थियो त्यतिखेर काँग्रेसले दुबै क्षेत्र जितेको थियो अहिलेपनि बाम एकता भएको छ अहिलेपनि काँग्रेसले जित्नुपर्छ,’ नेता घर्तीले भने ।
प्रतिनिधी सभा प्रदेश (ख) का उम्मेद्वार कृष्णप्रसाद कोइरालाले काँग्रेसको नेतृत्वमा बनेको संविधान विथोल्नका लागि बाम एकता भएको आरोप लगाए ।
‘प्रचण्ड र केपी ओलीले बाम गठबन्धनलाई जिताएर संविधान बदल्ने कुरा गरिरहनुभएको छ, संविधान वदल्ने कुरालाई रोक्नका लागि भएपनि रुख चिन्हमा मतदान गर्नु आवश्यक छ,’– उनले भने ।
काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल, पूर्व राज्यमन्त्री रामबहादुर गुरुङ, पूर्व सभापति तुलसीनारायण श्रेष्ठलगायतले लमजुङ जिल्लाको मुहार फेर्न काँग्रेसलाई विजय गराउनुपर्ने बताए ।
प्रतिक्रिया