मतदाता शिक्षा प्रभावकारी हुन नसकेको आयोगद्वारा स्वीकारोक्ती

मतदाता शिक्षा प्रभावकारी हुन नसकेको आयोगद्वारा स्वीकारोक्ती


निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको स्वीकारेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको स्वीकार्दै भने,‘मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि अझैसम्म मतदाता शिक्षा सुरु भएको छैन्, अत्यन्त न्युन समय रहेकाले मतदाता शिक्षा प्रभावकारी हुन सक्नेछैन् ।’

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा निर्वाचन सामाग्री पुगिसके पनि मतदान केन्द्रमा पुर्याउन ठुलो चुनौती रहेको उनको भनाई छ । मतदान पछि मतपेटीका सुरक्षित रुपमा निर्वाचन अधिकृतको कार्यालयमा र्पुयाउनका लागि पनि ठूलो चुनौती रहेको उनको भनाई थियो ।

आयोगद्धारा आयोजित निर्वाचन आचारसंहिता सम्बन्धमा मुख्य सचिव तथा सचिवहरुसंगको छलफल कार्यक्रममा प्रमुख आयुक्त यादवले मतदाता तथा उम्मेदवारबीच अदृश्य रुपमा लेन देन भइरहेको खबर आचारसंहिता विपरीत भन्दै रोकथाम गर्नु चुनौती रहेको उल्लेख गरे ।

मंसिर १० गते हुने मतदानको गणना दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि संगै गरिने हुंदा मतपेटिका सुरक्षित राख्न ठुलो चुनौती रहेको प्रमुख आयुक्त यादवको भनाई थियो ।