चार बागीसहित १० जनालाई माओवादीले कारबाही गर्यो (पत्रसहित)

चार बागीसहित १० जनालाई माओवादीले कारबाही गर्यो (पत्रसहित)


चार बागी उम्मेदवारसहित १० जनालाई माओवादी केन्द्रले कारबाही गरेको छ ।

चुनावी मुखमा नेकपा (माओवादी केन्द्र)ले चारजना बागी उम्मेदवारसहित १० जनालाई बिहीबार कारबाही गरेको हो ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा, प्रदेशसभाका निर्वाचनका लागि हुम्ला र सल्यानबाट बागी उम्मेदवारी दिने र तिनका प्रस्तावक, समर्थक १० जनाको सदस्यता खारेज गरेको माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालले बिहीबार प्रदेश नं ६ इञ्चार्ज र संयोजकको नाममा जारी गरेको विज्ञप्तिमा जनाएका छन् ।

एमाले, माओवादीसहितका वाम गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको प्रदेश नं. ६ को कार्यालयको सिफारिस अनुसार उनीहरुमाथि अनुशासनको कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा पोलिटव्युरो सदस्यहरु उमाकान्त शर्मा, छक्कबहादुर लामा, भीमप्रकाश शर्मा र ७ जना आयोजक समिति सदस्य छन् ।

मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले तालमेलसहित चुनाव लड्दैछन् ।

पत्र….