कायस्थको ‘सुन त मुन्द्रे’ विमोचित

कायस्थको ‘सुन त मुन्द्रे’ विमोचित


साहित्यककार मोहनबहादुर कायस्थको लघुकथा संग्रह ‘सुन त मुन्द्रे’को विहिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच विमोचन गरियो ।

कार्यक्रमा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, डा. पुष्करराज भट्ट, धु्रव मधिकर्मी र लेखक मोहनबहादुर कायस्थले पुस्तकको संयुक्तरुपमा विमोचन गरे ।

लघुकथा समाज नेपालको आयोजनामा सम्पन्न सो कार्यक्रममा लघुकथामाथि विमर्श पनि गरिएको थियो । लघुकथाको वर्तमान अवस्थितिका बारेमा लघु टिप्पणी गर्दै डा. पुष्करराज भट्टले पहिलेको तुलनामा आजका लघुकथा परिस्कृत हुँदै गएको र लघुकथाले सामाजिक विषयबस्तुलाई प्रस्तुत गर्दै आएको बताए ।

विमोचित पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै लेखक धु्रव मधिकर्मीले कायस्थका लघुकथाले समाजका विविध घटनाहरु बोलेको उल्लेख गरे ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखक मोहनबहादुर कायस्थ र तुलसीहरि कोइरालाले समेत बोलेका थिए ।
लेखक कायस्थको ६४औं कृति ‘सुन त मुन्द्रे’मा तीन सय तीन लघुकथा समावेस रहेका छन् ।