विनाविभागीय मन्त्री जनार्दन शर्माको गाडीलाई लक्षित गरी बम प्रहार

विनाविभागीय मन्त्री जनार्दन शर्माको गाडीलाई लक्षित गरी बम प्रहार


विनाविभागीय मन्त्री जनार्दन शर्माको गाडीलाई लक्षित गरी बम प्रहार गरिएको छ ।

पश्चिम रुकुममा मन्त्री तथा प्रतिनिधसभा सदस्यका उम्मेदवार शर्मा चढेको गाडीलाई लक्षित गरी दुई वटा बम प्रहार गरिएको हो ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ गोइरीमा शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले बताएको छ ।

बम प्रहार विप्लव कार्यकर्ताहरुले गरेको हुन सक्ने आशंका गरिएको छ भने हालसम्म घटनाको कसैले जिम्मा लिएको छैन् ।  बम प्रहारबाट उच्च सतर्कताका कारण कुनै क्षति नभएको जनाइएको छ ।