मनाङमा अर्व बढिका विकास कार्यक्रम ल्याएका टेकबहादु्रबाट जनताले गरे आशा

मनाङमा अर्व बढिका विकास कार्यक्रम ल्याएका टेकबहादु्रबाट जनताले गरे आशा


नेपाली काँग्रेस मनाङका सभापति, नेता, पूर्ब सांसद एवं श्रम तथा रोजगार राज्यमन्त्री तथा मनाङका उम्मेद्ववार टेकबहादु्र गुरुङले शान्ति र संविधानको जिम्मेवारी लिएर दोश्रो संविधान सभा निर्वाचनमा विजय प्राप्त गरेपछिका चार बर्षमा मनाङमा अर्व बढिका विकास योजना ल्याएका छन् । विकासको कामबाट लाभान्वित भएका स्थानियले थप विकासको आशा गरेको उम्मेदवार गुरुङले बताए ।

पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेपछि मनाङका जनताले संविधान बनाउन आफूलाई जिताएर पठाएको गुरुङले बताए । दोस्रो संविधान सभा निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धताहरु सबै पुरा गरेको गुरुङको भनाई छ ।

गुरुङले मनाङको विकासका लागि आफू हरदम तयार रहेको बताउँदै मनाङी जनताको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि आफूले काम गर्दै आइरहेको बताएका छन् । ‘मनाङको परिवर्तनको लडाँईमा म लागी नै रहेको छु ।’ गुरुङले भने, ‘मुलुकको शान्ति र सम्बृद्धि, विकास र संविधानको सफल कार्यन्वयनका लागि नेपाली कांग्रेसको विजय अपरिहार्य छ ।’

उनले मनाङ जोड्ने एकमात्रै बेसीशहर–चामे सडकको स्तरोन्नतीका लागि आफू निरन्तर लागीपरेको बताए । ‘सडक डिभिजन कार्यालय दमौलीदेखि सडक विभागसम्म मनाङ सडकको स्तरोन्नतीका लागि आवाज उठाउँदै आवश्यक रकम विनियोजनमा समेत काम गर्दै आएको छु ।’ गुरुङ भन्छन्, ‘क्षमताले भ्याउनेसम्मका सबै काम गरेको छु ।’

‘मनाङका जनताले जिताएर मुलुकको संविधान बनाउन पाएँ । ४ बर्षको समयमा मनाङमा सकेको विकास गरेको छु ।’ उनी भन्छन्, ‘प्रतिनिधी सभाको निर्बाचनबाट निर्बाचित भएपछि बेसीशहर–चामे सडकको थप स्तरोन्नती, तिलिचो ताल र थोराङ पाससम्म पुग्ने पर्यटनमार्गको स्तरोन्नती, बैकल्पिक पदमार्गको विकास, निर्माणाधिन मनास्लु आधार शिविरसम्मको पर्यटन मार्ग, गंगापूर्ण ताल, आइस लेक, गुम्बा, छोर्तेन, मानेको थप विकास एवं पूर्बाधार विकासका लागि सहयोग गर्ने योजना बनाएको छु ।’

मनाङ पर्यटन क्षेत्रमा अन्य जिल्लाहरुको तुलनामा धेरै अगाडि भएकोले यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा बृद्धि गर्नका लागि पूर्बाधारहरुको निर्माण गर्ने योजनामा रहेको उम्मेदवार गुरुङ बताउँछन् ।

मनाङमा सुविधासम्पन्न अस्पतालको निर्माण गरी हिमाली भेगका बासिन्दाको स्वास्थ्य क्षेत्रमा सहयोग गर्नें योजना रहेको भन्दै गुरुङले यसका लागि आफूले जित्न्पर्ने बताएका छन् । मनाङका चारवटै गाउँपालिकामा रहेका आमा समूहहरुलाई सिपमुलक तालिम दिएर स्वरोजगार बनाउने गुरुङको योजना छ ।

विगतमा सांसद विकास कोष र अन्य विभिन्न कोषहरुबाट वस्तीहरुमा खानेपानी, ग्रामीण सडक, विद्युत, सामुदायिक भवन, विद्यालय भवनजस्ता भौतिक संरचनाका काममा सहयोग गरेको भन्दै आगामी दिनहरुमा त्यसलाई निरन्तरता दिने गुरुङको भनाई छ ।

प्रतिनिधी सभाका उम्मेदवार टेकबहादुर गुरुङले प्रदेश सभा ‘क’ का उम्मेदवार चिन्तबहादुर घले, प्रदेश सभा ‘ख’ बाट कर्म गुरुङ र प्रतिनिधी सभाका लागि आफूलाई रुख चिन्हमा मत दिन आग्रह गरेका छन् ।